स्मार्टफोनले आँखाको ज्योती नै खाइदियो
यदि तपाई स्मार्टफोनमा झुण्डिरहनु हुन्छ भने अब सावधान रहनुस् ।
अबेर रातीसम्म अँध्यारोमा मोबाइल खेलाइरहने बानी छ भने त झनै सर्तक रहनुस् ।
अँध्यारोमा स्मोर्टफोन
धेरै प्रयोग गर्ने एक चिनियाँ महिलाको दाहिने आँखाको दृष्टि लगभग गुमेको छ ।
समाचार समिति सिन्हृवाका अनुसार झेजियाङ प्रान्त निवासी लियू दैनिक २/३ घण्टासम्म अँध्यारोमा स्मार्टफोन प्रयोग गर्थिन् ।
चिकित्सकहरुका अनुसार उनको आँखाको दृष्टि क्षमता लगभग समाप्त भएको छ ।
अँध्यारोमा स्मार्टफोन चलाएकै कारण यस्तो समस्या आएको उनीहरुको निष्र्कष छ ।
पीडित महिलाले भनेकी छिन्-’जब चिकित्सकले मेरो बाँया आँखा छोपे, मैले अगाडि केही देखिँन । अगाडि रहेका सामानहरु धमिलो देखियो ।’
Send to your friends or hit like button ==>
Comments[ 0 ]
Post a Comment