१९ फागुन, इटहरी । इटहरी र हाँसपोसामा चोरी गर्दै हिँडेको आरोपमा नियन्त्रणमा लिएर स्थानीयबासीले कुटपिट गरेका दुईजनाको अवस्था चिन्ताजनक रहेको छ ।
स्थानीयले चोरीको आरोपमा यातना दिएपछि प्रहरीले पक्राउ गरेर हिरासतमा राखिएका दुईको अवस्था चिन्ताजनक भएको हो ।
प्रहरी हिरासतमा लानु अघि नै बेहोस अवस्थामा रहेका इटहरी-२ का भद्रा भनिने भरत आलेमगर र यज्ञबहादुर मगरलाई आइतबार राति नेपाल नाई संघ सुनसरीका अध्यक्ष उमेश ठाकुरको सहयोगमा उपचारका लागि बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको आकस्मिक कक्षमा भर्ना गरिएको छ ।
गरिब समुदायका मगर दुवै बेहोस अवस्थामा प्रतिष्ठानको आकस्मिक कक्षमा जीवन मरणको दोसाधमा छन् । घरमा खानसमेत समस्या भएका भरत र यज्ञ दुवैुससहित तीन युवकलाई स्थानीयले यातना दिइरहँदा प्रहरी रमिते बनेको थियो ।
प्रहरीले दुबैलाई पक्राउ गरेपछि पनि यातना दिएकैले उनीहरुको अवस्था गम्भीर स्थितिमा पुगेको हो । प्रतिष्ठानको आकस्मिक कक्षका चिकित्सक डा. अजय यादवका अनुसार शय्याबाट दुवैलाई प्रहरीले आफन्तमार्फत ‘डिस्चार्ज’ गराउन दबाब दिइरहेको छ ।
बिरामीका आफन्तले पनि ‘डिस्चार्ज’का लागि आग्रह गरिरहेको जानकारी दिँदै शय्याबाट उठाएर लगिए उनीहरुको अवस्था चिकित्सकीय शब्दमा मृत्यु हुने अवस्था रहेको डा. यादबले बताए । मादक पदार्थका दुव्र्यसनी रहेका दुवैले केही दिनदेखि मादक पदार्थ नपाएकै कारण यो अवस्थामा पुगेका जानकारी उनले दिए ।
चिकित्सक यादवका अनुसार उनीहरुलाई मेडिकल वार्डको शय्यामा एक हप्ताभन्दा बढी राखेर उपचार गराउन सके निको हुन सक्ने अवस्था छ ।
बेहोस अवस्थामा रहेका भरतकी पत्नी अनिला मगरले आफ्नो पतिको उपचार गर्ने क्षमता नभएको भन्दै जसले पक्रेर यस्तो अवस्थामा पुर्यायो उसैले उपचार गरिदिनुपर्ने बताइन् । जीवन मरणको दोसाँधमा रहेका दुवैका आफन्तले मानवअधिकारकर्मी भनाउँदा र प्रहरीले आफ्नो मान्छेको बेहाल गराइदिएकाले उनीहरुले उपचार गरिदिनुपर्ने जिकिर गरेका छन् ।
रासस
Send to your friends or hit like button ==>
Comments[ 0 ]
Post a Comment