१४ फागुन, काठमाडौं - उपत्यकामा सबैभन्दा महँगो भाडादरको कीर्तिमान न्युरोडले राखेको छ । यहाँ एउटा सटरको मूल्य प्रतिमहिना २० लाख रुपैयाँ पुगेको छ ।
भूगोलपार्कस्थित फोटो कन्सर्न रहेको घरमा एउटा सटरको भाडा प्रतिवर्गाफिट २ हजार रुपैयाँसम्म छ ।
यो दरले १ हजार वर्गफिटका लागि २० लाख रुपैयाँ पर्न आउँछ । एउटा सटरका लागि ५ सयदेखि १ हजार वर्गफिट क्षेत्रफल आवश्यक पर्छ ।
न्युरोडपछि दरबारमार्ग क्षेत्र महँगो छ ।
यहाँ प्रति वर्गफिट ४ सयदेखि १ हजार रुपैयाँसम्म रहेको ‘द रियलटर्स’ का उपाध्यक्ष दिलीप न्यौपानेले बताए । यो संस्थाले घर भाडामा लगाउने काम गर्छ । न्यौपानेका अनुसार तेस्रोमा पुतलीसडक र बागबजार क्षेत्र छन् । त्यहाँ प्रतिवर्गफिट १ सय ५० देखि ५ सय रुपैयाँसम्म भाडा छ । चाबहिल ५० देखि ४ सय ५०, नयाँ बानेश्वर क्षेत्रमा १ सयदेखि ५ सय र ललितपुरको कुमारीपाटीमा ५० देखि ४ सय ५० रुपैयाँसम्म पुगेको कारोबार दैनिकमा खबर छ ।
एउटा न्यूनतम पसल तथा सामान्य कार्यालय सञ्चालन गर्न कम्तीमा ५ सयदेखि १ हजार वर्ग फिट आवश्यक छ । तर काठमाडौं महानगरपालिकाको रेकर्डमा भने यी क्षेत्रमा प्रतिमहिना ५ सयदेखि७ हजार रुपैयाँमात्र भाडा उठाउने गरेको उल्लेख छ ।
Send to your friends or hit like button ==>
Comments[ 0 ]
Post a Comment