१४ फागुन, सर्लाही - बाक्लै सवारी चल्ने मलंगवा-नवलपुर सडक छेउकै घडेरीमा रमेश काफ्लेले बनाएको घर अहिले उनलाई घाँडो भएको छ ।
सडकको पिच भत्केर ग्रामेल मात्र बाँकी रहेपछि सवारी गुड्दा उडेको धुलो छिरेर घरभरि सुत्दा पनि मास्क लगाउनुपनर्छ ।
पूर्वपश्चिम राजमार्गबाट सदरमुकाम मलंगवा जोड्ने व्यस्त सडकमा रातदिन सवारी चाप छ ।
धुलोले सडक आसपासका घर ढाक्छ । धुलोकै कारण काफ्ले घर बेच्न ग्राहक खोज्दै छन् ।
‘घरभित्र पनि मास्क लगाउनुपर्छ,’ उनले भने, ‘धुलोले गर्दा खान, बस्न र सुत्न नसक्ने अवस्था छ । घर बेच्न खोजेको, ग्राहक पाइदैन ।’ उनले धुलोकै कारण घरको एकजना अटुट रुपमा विरामी भइरहेको बताएको कान्तिपुर दैनिकमा खबर छ ।
जिल्लाकै सर्वाधिक व्यस्त उक्त सडक पिच भत्केर जीर्ण बनेको ७ वर्ष भइसक्दा पनि मर्मत भएको छैन् । धुलो कै कारण आसपासका सबै घरधनी हैरान छन् ।
- See
Send to your friends or hit like button ==>
Comments[ 0 ]
Post a Comment