नागरिक दैनिकमा खबर छ ।
१४ फागुन, काठमाडौं । ‘आमाघर’को नाममा वृद्धा र अनाथ बालबालिकाको स्याहारसुसार गरेर चर्चामा आएकी दिलशोभा श्रेष्ठ ‘आश्रयको आवरणमा यौन दुराचारका क्रियाकलापमा संलग्न रहेको’ तथ्य फेला परेको छ । उनको आश्रममा वृद्धासहित बालबालिका छन् । उनले राजधानीको रविभवनस्थित आफ्नो वृद्धाश्रममा रहेकाहरुलाई पैसा लिएर अर्काको घरमा काम गर्न र रात विताउन पठाउँदै आएको उनले गरेको फोन सम्बादबाट खुलासा भएको
तीन मिनेट ३९ सेकेन्डको उक्त फोन रेकर्डमा दिलशोभाले भनेकी छन्, ‘१५ सयजति पैसा दिने, बेलुका पकाएर खुवाउने एक छाक, बिहान खुवाउनुपरेन, तपाईलाई माया लाग्छ भने एक कप चिया खुवाएरु पठाउनू, बेलुका आएर तपाईंलाई पकाएर खुवाउँछ, रातभरि तपाईंसँग सुत्छ, माया, माया माया गरेर बस्छ ।’ मोवाइलबाट रकर्ड गरिएको उक्त सम्बादमा दिलशोभाको मात्र स्वर सुनिन्छ । ‘हजुर आउनुपरेर, हजुरको सेवा गर्न त्यहीँ पठाएको छु, मैले, फरक पर्दैन भोली आउँछ,’ फोन रेकर्डमा दिलशोभाले भनेकी छन्, ‘पहिलाको बूढीको कुरा नगर्नु, अहिलेको बूढीको मात्र कुरा गर्नुस् ।’ उनले कसैलाई मन्दिरमा पठाइदिने र लुगा लगाएका आधारमा चिनजान गर्नुसमेत भनेकी छन् ।
अडियो उपलब्ध गराउने स्रोतका अनुसार दिलशोभाको गतिविधि शंकास्पद देखिएपछि उनको फोन सम्वाद रेकड गरिएको थियो । स्रोतले यही रेकर्ड जिल्ला प्रशासन कार्यालय र केन्द्रीय बाल कल्याण समितिलाई पनि बुझाएको छ । त्यसै आधारमा दिलशोभामाथि अनुसन्धान भइरहेको प्रहरी स्रोतले जानकारी दिएको छ । जिल्ला प्रशासनले पनि
Send to your friends or hit like button ==>
Comments[ 0 ]
Post a Comment