कर्णबहादुर रोकाया, १४ फागुन, हुम्ला । हुम्ला जिल्लाको पूर्वात्तर कुनामा रहेको श्रीमस्ठा गाविसको नेप्का गाउँ आन्तरिक तथा बाह्य पर्यटकहरुका लागि आकर्षकको स्थान भए पनि प्रचार प्रसारकोे अभावमा ओझेलमा परेको छ । जहाँ एका बिहानै चार पटक घाम लाग्छ ।
हुम्ला जिल्ला विविधताले भरीपूर्ण र परिपूर्ण ठाउँ पनि हो । यहाँ विभिन्न अचम्मका र अनकण्टार ठाउँहरु चर्चामा आउन सकेको भए स्थानीय तथा अन्य पर्यटकहरुका लागि आकर्षक र आय आर्जनको स्रोत बन्न सक्ने थियो ।
हुम्ला जिल्लामा भएका दुई सय १४ भन्दा धेरै बस्तीहरुको खोजी गर्न सकेमा आन्तरिक तथा बाह्य पर्यटकहरुका लागि आम्दानीको राम्रो स्रोत बन्ने सक्ने अनुभव जिल्ला विकास समिति पर्यटक शाखा हुम्लाका कार्यकारी सचिव विशाल बोहराले बताए ।

उनले भने तर के गर्नु यस्ता विविधतायुक्त ठाउँहरु भए पनि खोजी, प्रचार र यातायातको अभाकका कारण दुर्गमको नाममा चिनिन बाध्य भएका छन् । हुम्लामा अशोक चल्लको ताम्रपत्र पाइएको स्थान, एघारौं शताब्दिको हल्जी गुम्वा, खार्पुनाथ, वि.सं. १९०३ को दोचादोफर गुठी आदि जस्ता ऐतिहासिक तथा संस्कृति बोकेको स्थानहरु पनि रहेका छन् ।
तर यसको फाइदा न त हुम्ला र हुुम्ली लिन सकेका छन् । न त सरकारले केही गर्न सकेको छ । यो सोचनिय पक्ष बनेको छ । -
Send to your friends or hit like button ==>
Comments[ 0 ]
Post a Comment