आजकलको दुनियाँमा साँचो माया पाउन निकै कठिन छ । मानिसहरु स्वार्थ रहुन्जेल प्रेमको नाटक गर्छन र स्वार्थ पुरा हुनासाथ मतलव गर्दैनन् ।
तर, यो भौतिकबादी दुनियाँमा यस्ती एउटी युवती पनि छन जसले आफ्नो प्रेमीको अशक्ततालाई काँध थापेर बेसकी छिन् । यो कथा २३ वर्षकी चिनियाँ युवतीको प्रेमको हो ।
जो, भयानक दुर्घटनामा परेर प्यारालाइज भएका आफ्नो प्रेमीलाई स्याहारिरहेकी छिन् । याङ नानको आमाबुबा उनलाई ती युवकबाट छुटाउन चाहन्छन् र भनेका छन्–‘तीन वर्षमा हिड्न सिकेन भने तिमीले आफ्नो प्रेमीलाई छाड्नुपर्छ ।
’ २७ वर्षीय यान होंगबो २००९ मा मोटरसाइकल दुर्घटनामा परेपछि हिडडुल गर्न सक्दैनन् । तीन वर्ष बित्न कति नै समय लाग्छ र ? समय घर्कियो तर, होंगबो ठिक भएनन् । यंग नानको आमाबुबाले थप ६ महिना छोरीलाई होंगबोसँग बस्न अनुमति दिए ।
उनी भन्छन्–‘अब के गर्ने मलाई थाहा छैन । मलाई थाहा छ उनी ठिक हुन सक्छन् तर, हामीसँग उपचारका लागि पर्याप्त पैसा छैन । अब हाम्रा लागि चमत्कारको मात्र आशा छ ।’
Send to your friends or hit like button ==>
Comments[ 0 ]
Post a Comment