असादाबाद (अफगानिस्तान),
फागुन ११ – पाकिस्तानको सीमाक्षेत्रमा पर्ने कुनार प्रान्तमा अवस्थित सैनिक चौकीमा तालिवानले आइतबार सबेरै गरेको आक्रमणमा परी कम्तीमा २० सैनिकको मृत्यु भएको समाचार छ । यस आक्रमणको क्रममा अन्य सात सैनिक अधिकारी अपहरणमा परेका समेत जनाइएको छ ।
कुनार प्रान्तको घाजियावाद जिल्लामा भएको यस आक्रमणको प्रान्तीय प्रशासक सुजाहमुल मुल्क जलालले एएफपी समाचार समितिलाई जानकारी दिएका छन् ।
तालिवान आतङ्ककारी समूहले यस आक्रमणको जिम्मा लिएको एक विज्ञप्तिमार्फत जानकारी दिएका छन् ।
अपहरणमा परेका सैनिकहरूको मुक्तिको लागि आवश्यक कदम जारी रहेको सैनिक स्रोतले जानकारी दिएको छ ।
हालका वर्षहरूमा अफगानिस्तानमा अफगान सैनिक र प्रहरीको हताहतीको सङ्ख्या बढेको जनाइएको छ । सन् २०१४ को अन्त्यसम्म अफगानिस्तानमा युद्धरत नेटोसँग आवद्ध सैनिक त्यहाँबाट फर्किसक्ने नेटोआबद्ध देशहरूले यसअघि नै जानकारी दिएका छन् ।
यस कारण अफगानिस्तानको सुरक्षाको जिम्मा प्रायः अफगान सैनिकले नै लिएका हुनाले उनीहरुको हताहती सङ्ख्यामा पनि वृद्धि भएको जनाइएको छ । रासस÷एएफपी
Send to your friends or hit like button ==>
Comments[ 0 ]
Post a Comment