पूरानै श्रीमानसँग पामेलाले पुनः बिहे गरिन्
Monday, February 24, 2014
शाकाहारी प्रचारमा रहेही चर्चित मोडल, नायिका तथा सेलिब्रेटी पामेला एन्डरसन अहिले पुनः चर्चामा छिन्। उनले आफ्नो पूर्व पति रिक सैलोमनसँग पुनः विवाह गरेपछि उनी चर्चामा आएकी हुन् ।बिग बोसको सिजन ४ मा भाग लिइसकेकी ४६ वर्षीया पामेलाले यसपटक बजारमा रहेको चर्चाको पुष्टि गर्दै आफ्नो वैवाहिक औंठी देखाएकी छन्।
पामेलाले भनेकी छन्–हामी खुसी छौ, हाम्रो परिवार खुसी छ । र, यसैले जीवनमा अर्थ राख्छ । पामेला र रिकले यसअघि सन् २००७ अक्टोबरमा विवाह गरेका थिए । तर, दुई महिनापछि नै उनीहरुले सम्बन्ध विच्छेदका लागि निवेदन दिएका थिए ।
भारतमा भर्खरै टेलिभिजन च्यानलहरु सुरु हुँदै थियो। त्यतिबेला टेलिभिजनमा अमेरिकी टेलिभिजन शो बेवाच आउने गर्दथ्यो। त्यसमा समुद्रमा हुने अपराध देखाइन्थ्यो । समस्या समाधान गर्ने टोलीको एक सदस्य थिइन् पामेला पनि । जो सधैं रातो बिकिनीमा देखा पर्ने गर्दथिइन् ।
त्यसैले उनलाई भारत, नेपालजस्ता मुलुकमा पनि चिन्न थालियो। सन् २०१० मा रियालिटी शो बिग बोस सिजन ४ मा आएपछि उनले दक्षिण एसियामा पनि चर्चित बनिन्। तर, उनी बिगबोसको घरमा भने मात्र तीन दिन मात्र रहिन्।पामेला एन्डरसन टीभी, फिल्म र मोडलिङको करिअरबाट भन्दा बढी व्यक्तिगत विवादास्पद जीवनका कारण बढी चर्चामा आइन्। सन् १९९५ मा पामेलाले सबैलाई आश्चर्यमा पार्दै टमी ली नाम गरेका एक ड्रमरसँग विवाह गरिन् ।
यी दुईको भेटघाट केही दिनमै विवाह भएको थियो। विवाह समुद्र किनारमै भएको थियो। पामेलाले विवाहका समय बिकिनी नै लगाएकी थिइन्। पामेलाकी आमाले पनि छोरीको विवाहको खबर एक पत्रिकाबाट थाहा पाएकी थिइन् । तर, त्यो विवाह पनि दुई सातामै समाप्त भयो।
सन् २००७ मा पामेलाले चलचित्र निर्माता रिक सैलोमनसँग विवाह गरिन् । त्यो विवाह दुई महिना मात्र टिक्यो।टमी ली र पामेला जब आफ्नो हनिमुनमा थिए, तब दुई जना मिलेर सेक्स टेप सूट गरेका थिए । पछि त्यो टेप पामेलाको घरबाट चोरी भयो। लगत्तै उक्त टेप इन्टरनेटमा सार्वजनिक भयो । पामेलाले यो बेच्ने कम्पनीमाथि मुद्दा हालिन्। पछि अदालतमा दुवै पक्षबीच सम्झौता भयो । पछि टेप वैध ढंगले विक्रीका लागि उपलव्ध भयो। एजेन्सी
Send to your friends or hit like button ==>
Tags:
बैदेसिक खबर
Comments[ 0 ]
Post a Comment