के तपाइ कतार जाँदै हुनुहुंछ?
हामिलाइ थाहा नहुन सक्छ कतार एक मुस्लिम देस र कानुनि तरफ कडाइ भएको मुलुक हो।यहाँ जानु पुर्ब राम्रो संग बुझेर त्यहाँको कानुन बारे राम्रो ग्यान लिनु जरुरी छ।त्यसैले आज म तपाइहरुलाइ कतारको बारे केहि जानकारी दिदैछु।
म बिगत पाँच बर्ष देखि कतारको लुलु हाइपर मार्केटमा काम गर्दै आएको छु।मैले जानेको केहि कुरा कतार एउटा मुस्लिम देस हो यहाँ मुस्लिम बिरोधि कुनै पनि कार्य गर्न पाइने छैन ।
साथै यहाँ कतारिलाइ असुबिधा हुने गरि गाडि चलाउन जस्तै ओभर्ट्याक गर्न,हर्न मार्न,अाँखामा पर्ने गरि लाइट बाल्न आदि गर्न बिल्कुलै पाइदैन।
यस बाहेक कतारि केटि,महिला जिस्काउने,सिधा अाँखाले हेर्ने अाँखा झिम्क्याउने हाउबाउ गरे बोलाउने आदि गर्न पनि पाउने छैन र यस्ता कुरामा पुलिसले समातेमा समबंधित महिलालाइ सोधि उस्ले चाहेको कारबाहि हुने छ।
जस्तो फाँसि को पनि ब्यावस्था समेत गरिएको छ।यहाँ ज्यान मारा केस भएमा फाँसि हुने ब्यावस्था छ।(संबण्धित ब्याक्तिले पैसा मागेमा फाँसि माफ पनि हेने छ)
यहाँ ब्लड मनि कतारी दुइ लाख रियल तोकिएको छ।
कुनै समस्या परे के गर्ने?
यदि तपाइलाइ कुनै समस्या परेमा जस्तै: आफ्नो कंपनिने काम गरेको तलब,भत्ता,बस्ने स्थान,निसुल्क खाना वा सो बापतको खाना भत्ता संबंधमा उजुरि गर्न परेमा कतार सरकारले स्रम बिभागमा निसुल्क फोन सेवा उपलब्द गराएको छ जसमा फोन न: 8006611 वा 44841221 रहेको छ र डाइल गर्न सकिंछ।साथै स्रम बिभागमा आफ्नो समस्या इमेल गर्न परेमा Pr@mil.govt.qa मा पठाउन सकिंछ।
अत्यावस्यक समस्या आइ परेमा अग्नि,प्रहरी वा एंबुलेन्सको सहयोगको लागि 999 मा डाइल गर्न सकिंछ र उपलब्ध गराएको छ।अ
नाबस्यक तिन पटक भण्दा बढि डाइल गरेमा पहिचान गरि कडा कारबाही भोग्नु पर्ने छ।
Send to your friends or hit like button ==>
Comments[ 0 ]
Post a Comment