![tattoo](https://lh3.googleusercontent.com/blogger_img_proxy/AEn0k_siTtWShuS9IXoLC52k8JAi1zIsPzjxZIA-0ULZYZ9ODuGGGkYYqFCTfF2Vc9MNBO9c-HX7K2ws4FyZkgR4CaC56b7GXwStGYQPZWsBTNk3HwiBYz7wJLsoMN3S_jBZb5M=s0-d)
निकै दुःख गरेर बनाएको ट्याटुको महत्व अब नरहेको आभाष भएका मानिसहरुका लागि यसलाई हटाउन नपाउँदाको दुख झेल्नुको पिडा निकै भयानक हुन्छ । आजकाल ट्याटु बनाउने चलन बढ्दो छ । ट्याटु बनाउनुको पछाडि मानिसहरुको थुप्रै कारण हुनसक्छ तर यदि तपाईं आफ्नो ट्याटु हेर्दा हेर्दै बोर भइसक्नुभएको छ भने यसलाई आफ्नो शरिरबाट हटाउन चाहनुहुन्छ भने हामी तपाईंलाई यसको लागि मद्दत गर्दैछौँ ।
यो एउटा यस्तो विधि हो जसले ट्याटु हटाउनलाई सहयोग गर्दछ । छालामाथि लाइटको किरण हालेर ट्याटुको मसीलाई हटाइने यो विधि अपनाउँदा केहि पनि पिडा हुँदैन र छालामा केहि निशाना देखा पर्दैन भने तपाईंलाई जलन पनि महसुस हुँदैन ।
लाइट थेरापीः
यदि तपाईं लेजरद्वारा ट्याटु हटाउन चाहनुहुन्न भने तपाईं लाइट थेरापी अपनाउन सक्नुहुन्छ । यसमा लेजर लाइटको सट्टा ट्याटु भएको भागमा तीव्र प्रकाशको प्रयोग गरिन्छ । जेल लगाएको छालामा तीव्र लाइट दिइन्छ र ट्याटुलाई सफा गरिन्छ । तर यो विधि निकै महँगो छ ।
टयटु रिमुभल क्रिमः
लेजर विधि महँगो भएको कारण सबै मानिसहरुले यो विधि अपनाउन सक्छन् भन्ने छैन । त्यसकारण ट्याटु हटाउने अर्को साधारण उपाय भनेको ट्याटु रिमुभल क्रिमको प्रयोग गर्नु हो । यसलाई छालामा लगातार लगाउँदा बिस्तारै बिस्तारै ट्याटु हटेर जान्छ । क्रिम किन्दा निकै राम्रो क्वालिटिको क्रिम प्रयोग गर्नुहोस् । सस्तो क्रिमले तपाईंको छालालाई नकारात्मक असर पुर्याउन सक्छ ।
नुन पानीः
यदि तपाईं लेजर विधि वा क्रिमको प्रयोग गर्न चाहनुहुन्न भने यो घरेलु तरिका तपाईंको काम आउनसक्छ । नुन भएको पानीमा कपडालाई भिजाएर आफ्नो ट्याटुमा आधा घण्टाको लागि रगड्नुहोस् । यस्तो विधि प्रत्येक दिन अपनाउँदा ट्याटु फिक्का हुँदै जान्छ । यो विधि आधा घण्टाभन्दा बढि नगर्नुहोस् नभए उक्त ठाउँबाट रगत बग्न थाल्दछ । - See more at: http://www.ratopati.com/
Send to your friends or hit like button ==>
Comments[ 0 ]
Post a Comment