भ्यालेन्टाइन मनाउन घर जाँदा श्रीमती अर्कैको अँगालोमा देखिएपछि
Saturday, February 14, 2015
तर, घरमा श्रीमती भने अर्कै पुरुषसँग आपत्तिक जनक अवस्थामा फेला परेपछि उनले दुवैलाई गोली प्रहार गरेका छन् । गोली लागेपछि आफ्नी श्रीमतीको कथित प्रेमीको घटनास्थलमै मृत्यु भएको छ भने श्रीमतीको गम्भीर अवस्थामा अस्पतालमा उपचार भइरहेको छ।प्रहरीका अनुसार घटना शुक्रबार साँझको हो । भारतीय सैनिक जिगर भाई ब्यास जब आफ्नो घर पुगे तब उनकी श्रीमतीले धेरै बेरसम्म ढोका खोलिनन् । त्यसपछि जिगर ढोका फुटाएरै भित्र प्रवेश गरे । भित्र उनले आफ्नी श्रीमती चेतनालाई पारिवारिक मित्र रणजीतका साथ आपत्तिजनक अवस्थामा फेला पारे । रणजीत तत्काल बाथरुम छिरे । आक्रोशमा आगो बनेका जिगरले आफूसँग रहेको रिभल्बर निकालेर बाथरुमको कमोडमा बसेका रणजीतमाथि गोली प्रहार गरे । उनले बेडरुममा रहेकी आफ्नी श्रीमतीलाई पनि गोली हाने । रणजीतको तत्काल मृत्यु भएको र चेतना गम्भीर घाइते भएको भारतीय प्रहरीले जनाएको छ। प्रणय दिवसका अवसरमा आफ्नी श्रीमती भेट्न आउँदा आफूले सोचेभन्दा अर्कै पाएपछि आक्रोशमा आफूले दुवै जनाको हत्या गर्न चाहेको सैनिक जवान जिगरले बताएका छन् । उनीसमेत दुवैको हत्यापछि आत्महत्या गर्न चाहन्थे । तर, प्रहरी अधिकारीहरुले सम्झाएपछि उनी मानेका छन् । तर, श्रीमतीको कथित प्रेमीको मृत्यु भएको छ भने श्रीमती चेतनाको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ।source naulo khabar
Send to your friends or hit like button ==>
Tags:
मेरो संसार
Comments[ 0 ]
Post a Comment