लण्डन, हालै गरिएको एक अध्ययन पछि केही विशेषज्ञहरूले भनेका छन कि एक भन्दा धेरै महिलाहरूका साथमा सेक्स गर्नाले पुरुषहरू प्रोस्टेट क्यासरबाट बच्न सक्दछन ।
ती वैज्ञानिकहरूले दावी गरे अनुसार जो पुरुषहरूले २० भन्दा धेरै महिलाहरूका साथमा सेक्स गरेका छन, उनीहरूलाइ एक जना मात्र पार्टनर भएका पुरूषहरूको तुलनामा प्रोस्टेट क्यान्सरको खतरा २८ प्रतिशत कम हुन्छ ।
यूनिभर्सिटी अफ मोन्ट्रियाल र क्यानाडाको इन्स्टिट्यूट अरमान्-फ्रेपियरका वैज्ञानिकहरूले यो अध्ययन गरेका हुन । यद्दपी यस अध्ययनबाट यो कुरा पनि पत्ता लागेको छ कि समलैङ्गिक पुरुषहरूको मामलामा भने यो कुरा सटीक हुँदैन । २० भन्दा धेरै महिला र पुरुष दुबै पार्टनर्ससंग सेक्स गर्नेहरूमध्ये मात्र महिलाहरू संग सेक्स गर्नेको तुलनामा खतरा दुइ गुणा रहेको थियो ।
यूनिभर्सिटीको पब्लिक हेल्थ स्कूलका प्रफेसर मारी-इलीज पारें र मारी-क्लाउदे रूसो प्रोस्टेट क्यान्सर र इनभारोन्मेन्ट नामको यस अध्ययनमा भाग लिएका थिए । यस अन्तर्गत ३ हजार २ सय ८ जना पुरुषहरूले आफ्नो सेक्स लाइफसंग जोडिएका कुराहरू शेयर गरेका थिए । सेप्टेम्बर २००५ देखि अगष्ट २००९ का बिचमा यी मध्ये १५९० जना पुरुषहरूलाइ प्रोस्टेट क्यान्सर भएको थियो ।
Send to your friends or hit like button ==>
Comments[ 0 ]
Post a Comment