स्त्री-पुरुषका बीच यौन सम्बन्धको बास्तविक सुख मिनेटमानै प्राप्त हुन्छ, यसका लागी घण्टौं समयको सहवास आवश्यकनै पर्दैन ।
अमेरिकाको पेन स्टेट यूनिभर्सिटीका अनुसन्धानकर्ताले हालै गरेको एक नयाँ अध्ययनबाट यस कुराको खुलासा भएको हो ।
उनीहरूले यस अनुसन्धानका क्रममा स्त्री-पुरुषका बीचमा सन्तोषजनक सहवास सामान्यतया ३ देखि १३ मिनेटको हुने गर्दछ ।
अनुसन्धानकर्ता एरिक कोर्टीले भने दुर्भाग्यले आज स्त्री-पुरुष पुरै रात को सहवास जस्तो कल्पनाहरू गरिरहने गर्दछन । पछिल्लो अनुसन्धानले के कुरा पत्ता लागेको छ भने धेरैजसो स्त्री-पुरुष आधा घण्टा वा त्यो भन्दा धेरै समय सम्म सहवास गर्न चाहन्छन । यो निराशा र असन्तुष्टि उत्पन्न गर्ने स्थिति हो ।
कोर्टीले भने कि यस सर्वेक्षणबाट हाम्रो यस प्रकारका विचारहरू हट्ने विश्वास लिइएको छ ।
नयाँ सर्वेक्षणले स्त्री पुरुषहरूलाइ स्वीकार्य सहवासको वास्तविक विवरण प्रति प्रोत्साहित गर्नमा मद्दत पुग्दछ । साथसाथै यसले यौन निराशा तथा यौन सुख असन्तुष्टिलाइ रोक्नमा मद्दत पुग्दछ ।
अनुसन्धानकर्ताहरूले आफ्नो सर्वेक्षणमा सेक्स थेरापी र अनुसन्धानका लागी बनाइएका समूहका ५० जना सदस्यहरूसंग कुरा गरेका थिए । यस समूहमा मनोवैज्ञानिकहरू डक्टरहरू, सामाजिक कार्यकर्ताहरू तथा पारिवारिक मामलाका विशेषज्ञहरू सहभागी भएका थिए ।
धेरैजसो विशेषज्ञहरूले बताए अनुसार यौन सम्बन्धको क्रममा सन्तोषजनक सुखको लागी पर्याप्त अवधि ३ देखि १३ मिनेट र वान्छनीय अवधि ७ देखि १३ मिनेट रहेको छ ।
विशेषज्ञहरूका अनुसार यसका लागी एक देखि दुइ मिनेटको समय निकै ‘कम’ हो साथै १० देखि ३० मिनेटको समय भने निकै ‘लामो’ हो ।
Send to your friends or hit like button ==>
Comments[ 0 ]
Post a Comment