.jpg)
धरान, एक जना धामीले झारफूक गर्ने भन्दै एक महिलामाथि बलात्कारको प्रयास गरेका छन्। धरानको वडा नम्बर १६ की ती पिडित महिलाले आफूमाथि बलात्कार गरेको भन्दै प्रहरीमा उजुरी दिएपछि धामीको यस कर्तुतको खुलासा भएको हो । हाल मोरङको उर्लाबारी २ मा मा बसेका झापा घर भएका ३८ बर्षीय धामी कमलबहादुर सञ्ज्यालले ती महिलामाथि बलात्कारको प्रयास गरेको बताइएको छ ।
यो पुस १५ गते भएको घटना हो । ती धामीले धरानमा झारफुक गर्नका लागी आएका बेला आफन्त तथा श्रीमानलाई केही सामग्री विर्सजन गर्नुपर्छ भन्दै खोलातिर पठाएर उनले ती महिलालाइ बलात्कारको प्रयास गरेको कुरा पिडित महिलाले प्रहरीलाइ बताएकी छन ।
यस घटनाका बारेमा थाहा पाएपछि पिडितका श्रीमान र आफन्त प्रतिकारमा उत्रीएका थिए उनीहरूले स्थानीयवासीको सहयोगमा सञ्ज्याल लाई पक्राउ गरी प्रहरीमा बुझाएका थिए । ती महिलाको बच्चा नभएका कारण ती धामीलाई देखाउँदा बच्चा हुन्छ भन्दै उनका छिमेकीहरुले भनेपछि उनको झारफूक गराउन त्याहाँ ल्याइएको थियो ।
सोही क्रममा धामीले महिलामाथि उक्त निन्दनीय कार्य गरेका थिए । निज धामीलाई जर्वजस्ती करणी अन्तर्गत मुद्दा चलाइएको प्रहरीले जनाएको छ ।
Send to your friends or hit like button ==>
Comments[ 0 ]
Post a Comment