संगठित रूपमा यस्ता अबैध कोठि सञ्चालन गरिएको खुलासा
धनगढी, पछिल्लो समय प्रहरीले धनगढीका होटेलहरुमा छापा मार्न शुरू गरेपछि नयाँ नयाँ खुलासाहरू हुन थालेका छन । यसै क्रममा घरमानै अबैध रूपमा कोठी संचालन गरेर यौनधन्दा चलाउने गिरोह अहिले निकै सक्रिय भैरहेको खुलासा भएको छ ।
धनगढीको उत्तरबेहडी स्थित एउटा कच्चीघरमा सामुहिक रुपमानै व्यवसायिक यौन धन्दामा संलग्न रहेका ६ जना युवतीहरू पक्राउ परेपछि घरमै कोठी सञ्चालन भईरहेको कुरा खुलेको प्रहरीले जनाएको छ ।
आज बिहान धनगढिको उत्तरबेहडीस्थित बम्मर चौधरीको घरको कोठा भाडामा लिएर बस्दै आएका ६ जना युवतीलाई उक्त घर नजिकै रहेको अर्को घरबाट प्रहरीले पक्राउ गरेको जनाएको छ ।
प्रहरीले पक्राउ गरेका ६ जना युवती मध्ये चार जना युवतीहरूलाई यसअघि पनि धनगढीका विभिन्न होटेलबाट पक्राउ गरी सम्झाएर छाडिएको प्रहरीले जनाएको छ ।
प्रहरीले बिशेष सूराकीका आधारमा उक्त घरमा सामूहिक यौन धन्दा संचालन भैरहेको थाहा पाएपछि यहाँ छापा मारेको थियो ।
प्रहरीका अनुसार उक्त् घरमा बस्ने ती युवतीहरुले फोनबाट ग्राहकलाई बोलाएर यौनधन्दा चलाईरहेको खुलासा भएको छ ।
यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको जनाएको छ ।
Send to your friends or hit like button ==>
Comments[ 0 ]
Post a Comment