सन्नीको जवानीमा तुषारको मस्ती
Tuesday, September 9, 2014

पूर्व पोर्न स्टार सन्नी लियोनले अब बलिउड अभिनेता तुषार कपुरसंग मस्ती गर्ने भएकी छिन् । तर, उनिहरुको मस्ती सिनेमामा सिमित रहने छ । तुषारकै दिदी एकता कपुरले निर्माण गर्ने फिल्म ‘मस्तीजादे’ मा सन्नीले नायिकाको भुमिका निर्वाह गर्ने भएकी छिन् भने नायक रहनेछन् तुषार । सेक्स कमेडी जेनरमा निर्माण हुने यस फिल्ममा सन्नीले दोहोरो भुमिका निर्वाह गर्ने भएकी छिन् । यसको निर्देशन मिलाप जावेरीले गर्ने भएका छन् । जावेरीले एक भिलेन र ग्राण्ड मस्तीको पटकथा लेखेका थिए । एकताको फिल्ममा अनुबन्ध भएको कुरा सन्नीले ट्वीटर मार्फत सार्वजनिक गर्दै भनेकी छिन् ‘भगवान मलाई नयाँ फिल्मका लागि आर्शिवाद देउ ।’ - See more at: http://www.onlinekhabar.com/2014/09/187854/#sthash.xLc92ynN.dpuf
Send to your friends or hit like button ==>
Tags:
Photo Gallery
Comments[ 0 ]
Post a Comment