एजेन्सी - बेला बेला आफ्नो सेक्सी छबीका कारण चर्चामा आउने अमेरिकन पप स्टार लेडी गागा ग्रीसस्थित एथेन्स विमानस्थलबाट निस्कँदै गर्दा ‘बर्थ अफ भेनस’ नामक पेन्टिङमा देखाइएकी युवती जस्तै झन्डै नग्न अवस्थामा देखिइन् । गागा बुधबार सैंड्रो बोत्तीसेलीको पेन्टिङ ‘बर्थ अफ भेनस’ मा देखाइए जस्तै किलो नक्कली कपाल, पारदर्शी स्कर्ट र शंखेकिराको खपटा जस्तो ब्राले स्तन मुस्किलले छोपेर विमानस्थलबाट निस्केकी हुन् । यसक्रममा गागा र उनका सहायक विमानस्थल बाहिर प्रतिक्षा गरिरहेका प्रशंसकका साथै संचार माध्यमसँग पनि भेट गरिन् । गागाले पछि तस्वीर शेयर गर्ने वेभसाइट इन्स्टग्राममा आफ्नो खुसी बाँड्दै भनिन्–”न्यानोपन भरिएको स्वागत गरेकोमा तिमीलाई धन्यवाद उथेन्स । हामी प्रेम र संगीतभावका साथ तिम्रो सुन्दर इतिहासको उत्सव मनाउन आएका हौ । जहाँ शास्त्रीय कला सुरु हुन्छ ।” -
Comments[ 0 ]
Post a Comment