आजको पञ्चाङ्ग
वि.सं. २०७१ श्रावण १५ गते बिहीबार तदनुसार ई. सं. २०१४ जुलाई ३१ तारिख,
प्लवङ्ग नामक सम्बत्सर, शाके : १९३६, श्रीसूर्य दक्षिणायन, वर्षा ऋतु, ने.सं. : ११३४, (गुँलाथ्व)
चन्द्रमा सिंह राशिमा, बिहान ७ बजेर ४७ मिनेटसम्म, त्यसपछि कन्या राशिमा,
आज खीर खाने दिन,
आनन्दादि योग : मात्तङ्ग, चन्द्रवर्ण : कालो, चन्द्रदिशा : दक्षिण, योगिनीदिशा : नैऋत्य, वारशूल : दक्षिण, नक्षत्रशूल : उत्तर
काठमाण्डौं, नेपालमा सूर्योदय : ०५:२५:५९ बजे र सूर्यास्त : ०६:५२:४७ बजे,
इटहरी, सुनसरी, नेपालमा सूर्योदय : ०५:१९:५८ बजे र सूर्यास्त : ०६:४३:०८ बजे,
नेपालगञ्ज, बाँके, नेपालमा सूर्योदय : ०५:४०:०६ बजे र सूर्यास्त : ०७:०८:१६ बजे,
श्रावण शुक्लपक्षको चतुर्थी तिथि, बिहान १० बजेर १८ मिनेटसम्म, त्यसपछि पञ्चमी तिथि,
उत्तराफाल्गुनी नक्षत्र भोलि बिहान ३ बजेर १६ मिनेटसम्म, त्यसपछि हस्ता नक्षत्र,
परिघ योग बिहान ८ बजेर ०२ मिनेटसम्म, त्यसपछि शिव योग,
बालब करण बेलुका १० बजेर ५८ मिनेटसम्म त्यसपछि कौलव करण,
राहुकाल दिउँसो १ बजेर ४२ मिनेटदेखि ३ बजेर २२ मिनेटसम्म,
काल बारबेला दिउँसो ३ बजेर २२ मिनेटदेखि ५ बजेर ०३ मिनेटसम्म,
रोग बारबेला बिहान ७ बजेर ०० मिनेटदेखि ८ बजेर ४१ मिनेटसम्म ।
आजको राशिफल
मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) –
बिहान ज्ञानगुनका क्षेत्रमा मन आकर्षित भएपनि दिउँसोबाट प्रतिकूल समय सुरु हुनेछ । कसैसँग व्यर्थमा तर्क, बहस र वादविवाद गर्नु पर्ला । प्रेममा धोका हुने सम्भावना छ । आर्थिक तथा शारीरिक शक्तिमा ह्रास आउने छ । छटपटी र असन्तुष्टि बढ्ने छ । आजका लागि शुभ अंक २ र शुभरंग सेतो हो भने कुनै शुभकर्म गर्नु पूर्व वा यात्रामा जानु अघि आज ॐ सों सोमाय नमः यस मन्त्रको कम्तीमा ११ पटक जप गरी आरम्भ गर्दा लाभ प्राप्त हुनेछ ।
बृष (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो) –
पारिवारिक वातावरण आफूअनुकूल नहुनाले दिक्क लाग्नेछ । भाइबहिनी वा सन्तति विरुद्धमा जानसक्छन् । आर्थिक मामिलामा त्यस्तो ठूलो उपलब्धी लिन सकिने छैन । उता घरायसी समस्यासमेत बढ्न थाल्नेछ । ज्ञानगुनका क्षेत्रमा निष्क्रियता बढ्ने छ । बौद्धिक र सृजनात्मक क्षमता ह्रास आउने छ । आजका लागि शुभ अंक ५ र शुभरंग पहेंलो हो भने कुनै शुभकर्म गर्नु पूर्व वा यात्रामा जानु अघि आज ॐ बृं बृहस्पतये नमः यस मन्त्रको कम्तीमा १९ पटक जप गरी आरम्भ गर्दा लाभ प्राप्त हुनेछ ।
मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, ह) –
आजको दिन लाभदायक नै देखिन्छ । व्यापार व्यवसायबाट नाफाघाटा बराबर रहने योग छ । आज शरीर अस्वस्थ हुनसक्छ । स्वास्थ्योपचारमा धन खर्च हुन सक्छ विचार गर्नुहोला । चोटपटकको भय र मानसिक तनाव हुनेछ । उता झुठो फत्तुर पनि आइलाग्न सक्छ । आजका लागि शुभ अंक ५ र शुभरंग बैजनी वा पहेंलो हो भने कुनै शुभकर्म गर्नु पूर्व वा यात्रामा जानु अघि आज ॐ नमो भगवते वासुदेवाय यस मन्त्रको कम्तीमा ९ पटक जप गरी आरम्भ गर्दा लाभ प्राप्त हुनेछ ।
कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो) –
आत्मीयजनहरूसँग मनमुटाव हुनेछ । आज तपाईंको चाहनाबमोजिम कार्य सम्पन्न हुन कठिन छ । मन अध्यात्म र दर्शनतर्फ आकर्षित बन्नेछ । साथीभाइ र बन्धुबान्धवले असहयोग गर्नेछन् । यात्रा असफल हुने सम्भावना छ । अड्डाअदालत वा राज्यपक्षबाट कारबाहीमा परिने सम्भावना समेत छ । आजका लागि शुभ अंक ४ र शुभरंग पहेंलो वा गुलाबी हो भने कुनै शुभकर्म गर्नु पूर्व वा यात्रामा जानु अघि आज ॐ महालक्ष्म्यै नमः यस मन्त्रको कम्तीमा ९ पटक जप गरी आरम्भ गर्दा लाभ प्राप्त हुनेछ ।
सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे) –
पारिवारिक खुसी मिल्नेछ । आर्थिक पक्ष सुदृढ रहनुका साथै समस्याहरू समाधान हुनेछन् । काममा सफलता पाइने छ । विभिन्न सामाग्री किनमेल गर्न बाँकी छ भने आज त्यसका लागि राम्रो दिन हो । नातागोताभित्रका विपरीतलिङ्गी सदस्यले राम्रो सहयोग गर्ने छन् । आजका लागि शुभ अंक १ र शुभरंग कलेजी हो भने कुनै शुभकर्म गर्नु पूर्व वा यात्रामा जानु अघि आज ॐ घृणि सूर्याय नमः यस मन्त्रको कम्तीमा ७ पटक जप गरी आरम्भ गर्दा लाभ प्राप्त हुनेछ ।
कन्या (टो, प, पि, पु, ष, ण, ठ, पे, पो) –
तपाईंको खराब र दिक्क लाग्दो समय अझ बढ्ने सम्भावना देखिन्छ । हाँसखेल र मनोरञ्जनका लागि मन आकर्षित भए पनि आज साँझ पारिवारिक तनाव र किचलोको सामना गर्नु पर्ने हुन्छ । अनावश्यक खर्च बढ्न सक्छ । अध्ययन—अध्यापनको क्षेत्रमा खासै प्रगति हुँदैन । आजका लागि शुभ अंक ७ र शुभरंग कालो हो भने कुनै शुभकर्म गर्नु पूर्व वा यात्रामा जानु अघि आज ॐ शं शनैश्चराय नमः यस मन्त्रको कम्तीमा २३ पटक जप गरी आरम्भ गर्दा लाभ प्राप्त हुनेछ ।
तुला (र, रि, रु, रे, रो, ता, ति, तु, ते) –
आज दिउँसोका तुलनामा बिहानको समय सकारात्मक छ । दिउँसो शत्रुपक्षका अनिष्ट व्यवहारको सन्देश प्राप्त हुने देखिन्छ । प्रतिशोधको भावना त्याग्नु राम्रो हुनेछ । कृषिजन्य व्यवसायबाट लाभ प्राप्त हुनेछ । सानातिना कामको झमेला आउनसक्छ । आजका लागि शुभ अंक ९ र शुभरंग छिर्केमिर्के बुट्टे हो भने कुनै शुभकर्म गर्नु पूर्व वा यात्रामा जानु अघि आज ॐ कें केतवे नमः यस मन्त्रको कम्तीमा ७ पटक जप गरी आरम्भ गर्दा लाभ प्राप्त हुनेछ ।
बृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु) –
आज चिताउँदै नचिताएको कुनै एउटा महत्वपूर्ण कार्य सिद्धि हुने छ । आज विपरीतलिङ्गीसँग विनम्र भावले व्यवहार गर्दा धेरै फाइदा हुने योग छ । समाजसेवा गर्दा प्रशंसा प्राप्त हुनेछ । कुनै रोकिएको काममा ध्यान दिनु भएमा सफल हुनेछ । आजका लागि शुभ अंक ९ र शुभरंग हलुका रातो वा पहेंलो हो भने कुनै शुभकर्म गर्नु पूर्व वा यात्रामा जानु अघि आज ॐ कुलदेवताभ्यो नमः यस मन्त्रको कम्तीमा १९ पटक जप गरी आरम्भ गर्दा लाभ प्राप्त हुनेछ ।
धनु (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे) –
आज तपाईंको आत्मविश्वासमा अभिबृद्धि हुनेछ । दाजुभाइ र दिदीबहिनीमा पनि खुसीको वातावरण बन्नेछ । मातापिता र अभिभावक वर्गसँगको सम्बन्ध अत्यन्त राम्रो हुनेछ । तपाईं यदि कुनै पेसामा आबद्ध हुनुहुन्छ भने बढुवा वा प्रशंसा समेत पाउने सम्भावना छ । आजका लागि शुभ अंक ८ र शुभरंग ध्वाँसे हो भने कुनै शुभकर्म गर्नु पूर्व वा यात्रामा जानु अघि आज ॐ रां राहवे नमः यस मन्त्रको कम्तीमा १८ पटक जप गरी आरम्भ गर्दा लाभ प्राप्त हुनेछ ।
मकर (भो, ज, जि, खि, खु, खे, खो, गा, गि) –
आज पारिवारिक समस्याले मन खिन्न हुनेछ । नजिकैको मित्र वा नातेदारले अपमानित तुल्याउन सक्छ । धार्मिक र सामाजिक क्षेत्रमा ठूलै धनराशि खर्च हुनसक्छ र मानसम्मान र प्रतिष्ठामा समेत आँच आउने सम्भावना देखिन्छ । धेरै दिनपछि बिगतमा भएका कमीकमजोरीको मूल्याङ्कन गर्न जाँगर चल्नेछ । आजका लागि शुभ अंक ३ र शुभरंग सिन्दुरे रातो हो भने कुनै शुभकर्म गर्नु पूर्व वा यात्रामा जानु अघि आज ॐ हं हनुमते नमः यस मन्त्रको कम्तीमा २३ पटक जप गरी आरम्भ गर्दा लाभ प्राप्त हुनेछ ।
कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, द) –
आज दिउँसोसम्म राम्रो दिन रहेकाले तपाईंले कुनै महत्त्वपूर्ण काम छ भने दिनको पूर्वाद्र्धभित्रै सिद्ध्याउनु राम्रो हुनेछ । त्यसपछि प्रत्येक काममा अडचन आउने र ढिलो गरी कार्यसम्पादन हुने सम्भावना छ । समाजमा तपाईंको बोलीको सकारात्मक अर्थ लाग्न सक्छ । परोपकार र धार्मिक क्षेत्रमा लगानी गरेमा अझ राम्रो हुनेछ । आजका लागि शुभ अंक ३ र शुभरंग रातो हो भने कुनै शुभकर्म गर्नु पूर्व वा यात्रामा जानु अघि आज ॐ गं गणपतये नमः यस मन्त्रको कम्तीमा २१ पटक जप गरी आरम्भ गर्दा लाभ प्राप्त हुनेछ ।
मीन (दि, दु, थ, झ, ञ, दे, दो, च, चि) –
आज लामोसमयदेखि देखिएका उल्झन सुल्झाउने महत्वपूर्र्ण दिन हो । पेसा वा व्यवसायका असजिला पक्षको निराकरणका लागि गरिएको प्रयास सफल हुन सक्छ । तर्कवितर्क, वादविवाद, छलफल र पढाइलेखाइका क्षेत्रमा सक्रिय भइने छ । अभिभावक वा इष्टमित्रको शुभकामना प्राप्त गर्न सकेमा दिन भाग्यशाली भएर देखा पर्नेछ । आजका लागि शुभ अंक ६ र शुभरंग सेतो हो भने कुनै शुभकर्म गर्नु पूर्व वा यात्रामा जानु अघि आज ॐ गुरवे नमः यस मन्त्रको कम्तीमा २४ पटक जप गरी आरम्भ गर्दा लाभ प्राप्त हुनेछ ।
Comments[ 0 ]
Post a Comment