आजको पञ्चाङ्ग
वि.सं. २०७१ श्रावण १६ गते शुक्रबार तदनुसार ई. सं. २०१४ अगस्ट ०१ तारिख,
प्लवङ्ग नामक सम्बत्सर, शाके : १९३६, श्रीसूर्य दक्षिणायन, वर्षा ऋतु, ने.सं. : ११३४, (गुँलाथ्व)
चन्द्रमा कन्या राशिमा (अहोरात्र व्याप्त),
आज नागपञ्चमी, घरघरमा नाग टाँस्ने दिन, कल्की जयन्ती, विभिन्न नागस्थानहरुमा नागमेला,
आनन्दादि योग : अमृत, चन्द्रवर्ण : कालो, चन्द्रदिशा : दक्षिण, योगिनीदिशा : दक्षिण, वारशूल : पश्चिम
काठमाण्डौं, नेपालमा सूर्योदय : ०५:२६:२८ बजे र सूर्यास्त : ०६:५२:१० बजे,
इटहरी, सुनसरी, नेपालमा सूर्योदय : ०५:२०:२६ बजे र सूर्यास्त : ०६:४२:३३ बजे,
नेपालगञ्ज, बाँके, नेपालमा सूर्योदय : ०५:४०:३६ बजे र सूर्यास्त : ०७:०७:३८ बजे,
श्रावण शुक्लपक्षको पञ्चमी तिथि, दिउँसो ११ बजेर ४१ मिनेटसम्म, त्यसपछि षष्ठी तिथि,
हस्ता नक्षत्र भोलि बिहान ४ बजेर ५७ मिनेटसम्म, त्यसपछि चित्रा नक्षत्र,
शिव योग बिहान ८ बजेर १५ मिनेटसम्म, त्यसपछि सिद्धि योग,
तैतिल करण मध्यरात्रीपछि १२ बजेर ०५ मिनेटसम्म त्यसपछि गर करण,
राहुकाल बिहान १० बजेर २१ मिनेटदेखि दिउँसो १२ बजेर ०१ मिनेटसम्म,
काल बारबेला बिहान १० बजेर २१ मिनेटदेखि दिउँसो १२ बजेर ०१ मिनेटसम्म,
रोग बारबेला दिउँसो १ बजेर ४२ मिनेटदेखि ३ बजेर २२ मिनेटसम्म ।
आजको राशिफल
मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) –
प्रतिद्वन्द्वीहरूका माझमा आफ्नो क्षमता प्रदर्शन गर्ने दिन हो, आज । घरपरिवार र साथीभाइको राम्रो साथसहयोग प्राप्त हुनेछ । जीवनसँगीसित रहेको वैचारिक मतभिन्नताको समाप्ति हुनेछ । मानसिक रूपमा सबल भइने छ, उत्साह र जाँगरमा बृद्धि हुनेछ । स्वास्थ्यमा देखापरेका समस्या निराकरण हुनेछन् । आजका लागि शुभ अंक ७ र शुभरंग कालो हो भने कुनै शुभकर्म गर्नु पूर्व वा यात्रामा जानु अघि आज ॐ शं शनैश्चराय नमः यस मन्त्रको कम्तीमा २३ पटक जप गरी आरम्भ गर्दा लाभ प्राप्त हुनेछ ।
बृष (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो) –
समय खासै फलदायी देंखिदैन । कुनै नयाँ समाचारले खिन्नता बढ्न सक्छ । नयाँ कामधन्दाका लागि काम गर्ने वातावरण सिर्जना हुनसक्दैन । बौद्धिक क्षमतामा ह्रास आउनाले सृजनात्मक काममा सफलता पाउन गाह्रो छ । भोगविलासमा मन जानेछ । कुनै तिर्सना जाग्नाले मन विरक्तिन सक्छ । आजका लागि शुभ अंक ९ र शुभरंग गाढा रातो हो भने कुनै शुभकर्म गर्नु पूर्व वा यात्रामा जानु अघि आज ॐ नमश्चण्डिकायै यस मन्त्रको कम्तीमा ९ पटक जप गरी आरम्भ गर्दा लाभ प्राप्त हुनेछ ।
मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, ह) –
परिवारभित्रका झिनामसिना काममा धेरै समय खर्चनु पर्नेछ । मनमा देखिने अस्थिरता अधैर्यताका कारण निर्णायक क्षमतामा कमी आउने छ । कामधन्दामा अर्काको भर नपर्नु नै राम्रो हो, आफन्त वा परिवारकै सदस्यबाट धोका हुनसक्छ । तर मान्यजनको सुझावबमोजिम व्यवहार गर्नसकेमा फाइदा हुनेछ । आजका लागि शुभ अंक ८ र शुभरंग ध्वाँसे हो भने कुनै शुभकर्म गर्नु पूर्व वा यात्रामा जानु अघि आज ॐ रां राहवे नमः यस मन्त्रको कम्तीमा १८ पटक जप गरी आरम्भ गर्दा लाभ प्राप्त हुनेछ ।
कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो) –
सामाजिक कामबाट प्रशंसा प्राप्त हुनेछ । शुभ कुराको सङ्केत मिल्नेछ । आज कुनै देवालय, मठमन्दिर वा सार्वजनिक प्रतिष्ठानको दर्शन, भ्रमण वा अवलोकन गर्दा तपाईंले शान्तिको अनुभूति गर्न पाउनु हुनेछ । मित्रवर्ग र बन्धुवान्धवबाट राम्रो सहयोगको अपेक्षा गर्न सकिन्छ । आजका लागि शुभ अंक ५ र शुभरंग पहेंलो हो भने कुनै शुभकर्म गर्नु पूर्व वा यात्रामा जानु अघि आज ॐ बृं बृहस्पतये नमः यस मन्त्रको कम्तीमा १९ पटक जप गरी आरम्भ गर्दा लाभ प्राप्त हुनेछ ।
सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे) –
आजको दिन सामान्य छ । प्राविधिक काममा विशेष सफलता प्राप्त हुने छ साथै आत्मसन्तुष्टि प्राप्त हुनेछ । सञ्चार क्षेत्रको कारोबार गर्दा बढी लाभ लिन सकिनेछ । व्यापार व्यवसायका सामाग्री विक्रेताका लागि विशेष लाभदायक छ । आजका लागि शुभ अंक २ र शुभरंग सेतो वा घिउरंग हो भने कुनै शुभकर्म गर्नु पूर्व वा यात्रामा जानु अघि आज ॐ नमः शिवाय यस मन्त्रको कम्तीमा २१ पटक जप गरी आरम्भ गर्दा लाभ प्राप्त हुनेछ ।
कन्या (टो, प, पि, पु, ष, ण, ठ, पे, पो) –
सहयोगीहरूको राम्रो साथ प्राप्त हुनेछ । रोकिएका काम सम्पादन हुने र नयाँ काम पाइने योग छ । मान–सम्मान बढ्नेछ । बोलीको भरमा काम सम्पादन हुने योग छ । विचार र दर्शनका बलमा धेरैलाई आकर्षण गर्ने समय छ । नयाँ काममा हात हाल्ने समय छ । आजका लागि शुभ अंक ६ र शुभरंग सेतो हो भने कुनै शुभकर्म गर्नु पूर्व वा यात्रामा जानु अघि आज ॐ सरस्वत्यै नमः यस मन्त्रको कम्तीमा ११ पटक जप गरी आरम्भ गर्दा लाभ प्राप्त हुनेछ ।
तुला (र, रि, रु, रे, रो, ता, ति, तु, ते) –
अहिले तपाईंले खर्चमा नियन्त्रण गर्नुपर्छ । अनावश्यक यात्राबाट जोगिनुहवस् । कल्पना र भावनामा केन्दित भइने छ । बोलीको विपरीत अर्थ लाग्न सक्छ, मुखलाई नियन्त्रणमा राख्नुहोला । दुर्गमस्थान र टाढाको यात्रा सम्भावना छ । पारिवारिक वातावरण पनि तपाईंको अनुकूल हुने छैन । आजका लागि शुभ अंक ९ र शुभरंग छिर्केमिर्के बुट्टे हो भने कुनै शुभकर्म गर्नु पूर्व वा यात्रामा जानु अघि आज ॐ कें केतवे नमः यस मन्त्रको कम्तीमा ७ पटक जप गरी आरम्भ गर्दा लाभ प्राप्त हुनेछ ।
बृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु) –
पछाडि कुरा काट्ने शत्रुहरुको चलखेल बढ्नाले प्रभावित तुल्याउन सक्छ । परोपकार र सामाजिक क्षेत्रका कामबाट लाभ लिन सकिने छैन । यश, सम्मान र प्रतिष्ठामा आघात पुग्नसक्छ । सद्भाव र प्रेममा कमी आउने छ । पुराना इष्टमित्र र प्रेमीप्रेमिका भावना र धारणाका कारण खिन्नता हुनेछ । आजका लागि शुभ अंक ६ र शुभरंग सेतो हो भने कुनै शुभकर्म गर्नु पूर्व वा यात्रामा जानु अघि आज ॐ गुरवे नमः यस मन्त्रको कम्तीमा २४ पटक जप गरी आरम्भ गर्दा लाभ प्राप्त हुनेछ ।
धनु (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे) –
भूमि, वाहन र पैत्रिक सम्पत्तिबाट लाभ मिल्ने योग छ । व्यापारमा प्रशस्त फाइदा हुनेछ । काममा मातापिताको सहयोग प्राप्त होला । प्रतिष्ठित काम गर्ने मौका छ । अरूलाई प्रभावित पारेर काम बनाउने समय छ । आफ्नो क्षेत्रमा प्रभुत्व जमाउन सकिनेछ । आजका लागि शुभ अंक १ र शुभरंग कलेजी हो भने कुनै शुभकर्म गर्नु पूर्व वा यात्रामा जानु अघि आज ॐ घृणि सूर्याय नमः यस मन्त्रको कम्तीमा ७ पटक जप गरी आरम्भ गर्दा लाभ प्राप्त हुनेछ ।
मकर (भो, ज, जि, खि, खु, खे, खो, गा, गि) –
आत्मविश्वास र शीघ्र निर्णय गर्ने क्षमतामा ह्रास भएको महसुस हुनेछ । घरमा टाढाका नातेदारको अतिथिका रूपमा आगमन हुनाले दैनिकीमा प्रभाव पर्नेछ । कुनै अप्रिय र हानिकारक समाचार सुन्नुपर्ला । सामाजिक कामबाट अपजस ब्यहोर्नु पर्छ । अभिभावकको स्वास्थ्य प्रतिकूल हुनसक्छ । आजका लागि शुभ अंक ७ र शुभरंग नीलो हो भने कुनै शुभकर्म गर्नु पूर्व वा यात्रामा जानु अघि आज ॐ मृत्युञ्जयाय नमः यस मन्त्रको कम्तीमा २३ पटक जप गरी आरम्भ गर्दा लाभ प्राप्त हुनेछ ।
कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, द) –
शरीरमा आलस्य र थकानको अनुभव हुनेछ । धन, धर्म र भाग्यमा हानी पुग्ने सम्भावना छ । गर्नु नपर्ने काम पनि बढी समय लगाएर गर्नु पर्ला । अप्रिय समाचार सुन्नु पर्दा मन खिन्न हुने स्थिति आउने छ । तपार्इंको व्यक्तिगत दृष्टिकोण उल्टो हुने देखिन्छ । प्रतिकूल समयले घेरेको छ, संयम रहनु होला । आजका लागि शुभ अंक ९ र शुभरंग हलुका रातो वा पहेंलो हो भने कुनै शुभकर्म गर्नु पूर्व वा यात्रामा जानु अघि आज ॐ कुलदेवताभ्यो नमः यस मन्त्रको कम्तीमा १९ पटक जप गरी आरम्भ गर्दा लाभ प्राप्त हुनेछ ।
मीन (दि, दु, थ, झ, ञ, दे, दो, च, चि) –
लामो समयपछि रसरङ्गको चाहना पूर्ण हुने योग आएको छ । दाम्पत्य सम्बन्धमा सुमधुरताको प्राप्ति हुनेछ । बालबच्चाबाट पनि सुखसन्तोष प्राप्त हुनेछ । रमाइलो यात्रा हुन सक्छ । मेवामिष्ठान्न आदि खान पाइने र मनोरञ्जनमा भुलिन पाउनु हुनेछ । आजका लागि शुभ अंक २ र शुभरंग सेतो हो भने कुनै शुभकर्म गर्नु पूर्व वा यात्रामा जानु अघि आज ॐ सों सोमाय नमः यस मन्त्रको कम्तीमा ११ पटक जप गरी आरम्भ गर्दा लाभ प्राप्त हुनेछ ।
Comments[ 0 ]
Post a Comment