आजको पञ्चाङ्ग
वि.सं. २०७० चैत्र ११ गते मङ्गलबार तदनुसार ईश्वीसन् २०१४ मार्च २५ तारिख, नेपाल संवत् : ११३४, (चिल्लागा)
चन्द्रमा धनु राशिमा, दिउँसो ४ बजेर २८ मिनेटसम्म, त्यसपछि मकर राशिमा,
काठमाण्डौं, नेपालमा सूर्योदय : ०६:०४:२५ बजे र सूर्यास्त : ०६:१७:२५ बजे,
इटहरी, सुनसरी, नेपालमा सूर्योदय : ०५:५६:४८ बजे र सूर्यास्त : ०६:०९:२२ बजे,
चैत्र कृष्णपक्षको नवमी तिथि, दिउँसो १ बजेर ५५ मिनेटसम्म, त्यसपछि दशमी तिथि,
पूर्वाषाढा नक्षत्र दिउँसो १० बजेर ५३ मिनेटसम्म, त्यसपछि उत्तराषाढा नक्षत्र,
परिघ योग बेलुका ८ बजेर ४७ मिनेटसम्म, त्यसपछि शिव योग,
गर करण दिउँसो १ बजेर ५५ मिनेटसम्म त्यसपछि वणिज करण,
राहुकाल दिउँसो ३ बजेर ०६ मिनेटदेखि ४ बजेर ३८ मिनेटसम्म,
काल बारबेला दिउँसो १ बजेर ३५ मिनेटदेखि ३ बजेर ०६ मिनेटसम्म,
रोग बारबेला बिहान ५ बजेर ५७ मिनेटदेखि ७ बजेर २८ मिनेटसम्म र पुनः दिउँसो ४ बजेर ३८ मिनेटदेखि साँझ ६ बजेर ०९ मिनेटसम्म ।
आजको राशिफल.jpg)
मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) –
आज सिंदुरे वा कैलो गाइलाई खानेकुरा प्रदान गर्नुभयो भने चिताउँदै नचिताएको कुनै एउटा महत्वपूर्ण कार्य सिद्धि हुने छ। आज विपरीतलिंगीसँग विनम्र भावले व्यवहार गर्दा धेरै फाइदा हुने योग छ। समाजसेवा गर्दा प्रशंसा प्राप्त हुनेछ। शुभ कुराको सङ्केत मिल्नेछ। कुनै रोकिएको काममा ध्यान दिनु भएमा सफलता आर्जन हुनेछ।
बृष (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो) –
अनावश्यक तनाव र विवादका कारण मनमा अशान्ति र छटपटी व्याप्त हुने छ। पाचनप्रणाली गड्बडाउन सक्छ, नसासम्बद्ध रोगले समेत दुःख दिनसक्छ। दृष्टिशक्तिमा कमी आउन सक्छ। तर साँझबाट सबै अनिष्टहरु क्रमशः मत्थर हुन थाल्नेछन्। लामो दूरीको यात्राको योजना छ भने बेलुकीपख अनुकूल हुनसक्छ।
मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, ह) –
साँझसम्म आजको दिन राम्रै छ। नोकरी, पशुपालन र कृषिव्यवसायमा सफलता प्राप्ति हुनेछ। सृजनात्मक कामबाट आत्मसन्तुष्टि प्राप्त हुनेछ। तर बेलुकाबाट चिन्तनमूलक कार्य र बौद्धिक क्षमतामा ह्रास आएको अनुभूति हुनेछ। व्यापारमा मन्दी छाउनेछ, अनि आनन्दप्राप्ति र भोगविलासतर्फ मन केन्द्रित हुनेछ।
कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो) –
दिनभरि दुःख र झमेला व्यहोर्नु परे पनि आज साँझ कुनै आम्दानीको नयाँ स्रोत देखा पर्नेछ। परदेशमा बसी रोजगारी र व्यवसाय गर्नेहरुले आफ्नो कमाइको केही अंश खानपीन र मनोरञ्जनका क्षेत्रमा खर्च गर्नेछन्। परिवारमा रमाइलो जमघट हुनेछ, आकस्मिक रुपमा अतिथिको आगमन हुनसक्छ। प्रेम सम्बन्ध र दाम्पत्यसुखमा कमी हुनेछ।
सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे) –
आज दिउँसोका तुलनामा साँझको समय त्यति अनुकूल रहने छैन। बौद्धिक र चिन्तनमूलक काममा दिन गएको पत्तो पाउनुहुन्न। तर बेलुका अचानक निराशाको अनुभूति हुनेछ। पारिवारिक किचलो र विवादको स्थिति सिर्जना भएमा आँफू चुप लागेर बस्नु उचित हुनेछ। आमाको सल्लाहमा गरिएको काममा भने सफलता प्राप्त हुनेछ।
कन्या (टो, प, पि, पु, ष, ण, ठ, पे, पो) –
आज दिनभर निराशाको अनुभूति हुनेछ, घरिघरि रिस र आवेशको सिकार पनि बन्नसक्नु हुन्छ। घरायसी काममा समय व्यतीत गर्नु पर्नेछ। तर बेलुका सन्तुष्टि प्राप्त हुनेछ। चिन्तनमूलक र बौद्धिक काममा मन जानेछ। साँझमा सन्तति वा भाइबहिनीका तर्फबाट खुसीको खबर प्राप्त हुनेछ।
तुला (र, रि, रु, रे, रो, ता, ति, तु, ते) –
समय मध्यम खालको छ। राम्रो नराम्रो दुबैखाले समाचार सुन्न पाउनु हुनेछ। विभिन्न ठाउँको यात्रा हुने समय आएको छ। बेलुका घरायसी समस्याहरु देखापर्न सक्छन्। जीवनसाथीसित ठाकठुक पर्ने सम्भावना छ र मातापिता वा परिवारको ज्येष्ठ सदस्यको स्वास्थ्य चिन्ताको विषय बन्नसक्छ।
बृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु) –
आजको दिन सामान्यतया ठिकैको दिन मान्दा हुन्छ। वैदेशिक व्यापार, कृषिव्यवसाय र नोकरी गर्नेका लागि सन्तोषजनक रहने छ। विद्यार्थीका लागि त्यति राम्रो दिन छैन। समाजसेवा गर्दा प्रशंसा प्राप्त हुने योग छ। अरुले गरेका कामको गुणदोष सबैको जिम्मा लिनु पर्नेछ।
धनु (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे) –
आजको दिन मिश्रित फलदायी रहेको छ। उतारचढाव आएपनि व्यापारबाट राम्रै नाफा मिल्नेछ। साँझपख अचानक धन लाभ हुनसक्छ। दाम्पत्य जीवनमा उतारचढाव आउने भएकाले व्यवहारमा संयमता अपनाउनु बेस हुनेछ अनि मात्र आजको दिन अनुकूल हुनेछ।
मकर (भो, ज, जि, खि, खु, खे, खो, गा, गि) –
आर्थिक समस्याले सङ्कट उत्पन्न गर्न सक्छ। दान पुण्यको कार्य गर्नु होला। पूर्व वा दक्षिण दिशामा रहेको कुनै मन्दिरको दर्शन भ्रमण गरेर घरमा पहेंलो लुगा लगाई बस्नाले आज बौद्धिक र प्राज्ञिक क्षमताको बृद्धि हुनेछ र साँझमा रोकिएको काम बनेको समाचार सुन्न पाइने छ।
कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, द) –
आज दिनभरि सामाजिक तथा साँस्कृतिक कार्यक्रममा सहभागी हुनुपर्ला। विशेष कामप्रति रुचि जागृत हुनेछ। दैनिक कामकाज सजिलै सम्पन्न हुनेछन्। शत्रुहरु पराजित हुनेछन्। सानोतिनो यात्रा हुने सङ्केत छ। तर साँझपख गरेका काममा अवरोध आउने एवं अपमान वा अपजस सहनु पर्ने हुनसक्छ।
मीन (दि, दु, थ, झ, ञ, दे, दो, च, चि) –
आज कामको दायित्व थपिने छ। अरुले गरेका कामको गुणदोषसमेत सबैको जिम्मेबारी वहन गर्नु पर्नेछ। सार्वजनिक हीत र परोपकारका क्षेत्रमा सक्रियता बढ्नाले प्रशंसा प्राप्त हुने योग छ। परिवारभित्रै वा छरछिमेकमा धार्मिक कार्य सम्पन्न हुनेछ, जसमा तपाईंको भूमिकाको खोजीहुनेछ। आम्दानीमा कमी आउने छैन।
Comments[ 0 ]
Post a Comment