हरेक समाजमा आ-आफ्नै परम्परा हुन्छन् । विज्ञान प्रविधिको यो जमानामा पनि हरेक समाजमा बस्नेहरुले आफ्नो परम्परा पालना भने गर्दै आएका छन् ।
परम्पराको नाममा कुसंस्कारहरुलाई समेत निरन्तरता दिइने गरेको छ ।अफि्रकाको मलावीमा यस्तै कुसंस्कार छ, जहाँ आमाबाबुहरु आफ्नो छोरीहरुलाई सेक्स क्याम्पमा पठाउँछन् ।
१० वर्षको भएपछि छोरीलाई कमारित्व भंग गर्न भन्दै सेक्स क्याम्पमा पठाउने चलन छ ।१० वर्षकी ग्रेसलाई आमाबाबुले गोल्डन भिलेजस्थित घर नजिकैको क्याम्पमा पढाएपछि यौन शिक्षा दिइयो ।
उनी क्याम्पमा आफ्नी हजुरआमासँग बसिन्, जहाँ एक सातासम्म उनलाई ठूलाको सम्मान गर्न र घरधन्दा गर्न सिकाइयो । साथै यौन सम्वन्ध राख्ने तरिकाबारे जानकारी दिइयो ।क्याम्पमा पुगेका यूनाइटेड नेशन फाउन्डेसनका पत्रकारहरुको टोलीका अनुसार क्याम्पमा एक महिला किशोरीहरुलाई यौन क्रियाका लागि बढवा दिइरहेकी थिइन् ।
यति मात्र होइन, क्याम्पमा नृत्य र अन्य तौरतरिका अपनाएर पुरुषलाई खुसी पार्ने उपायसमेत सिकाइन्छ ।गल्र्स इन्पावरमेन्ट नेटवर्कका सञ्चार सल्लाहकार न्वायसका अनुसार कहिले काँही छोरीका लागि बयस्क पुरुष लिएर आउँछन् । रातीको सयममा आउने त्यस्ता पुरुष को हुन भन्ने ती किशोरीलाई थाहा हुन्न तर, उनीहरुलाई दिइएको यौन शिक्षाअनुसार भुसतिघ्रेहरुलाई सन्तुष्ट पार्नुपर्छ ।यौन शिक्षाको यो प्रकृयाको सुरुमै कतिपय किशोरीहरु आमा बन्ने अबस्थामा पुग्छन् । जुनबेला उनीहरुलाई मातृत्वबारे थाहै हुन्न । अन्य अफि्रकी मुलुकहरुजस्तै मलावी पनि एड्को प्रकोपबाट पिडीत छ । तर, यी किशोरीहरु असुरक्षित यौन सम्बन्ध राख्न बाध्य छन् ।यही कारण पनि हुनसक्छ मलावी बाल बिबाहका लागि पनि दशौं नम्बरमा पर्छ ।
भिडियो हेर्न तल क्लिक गर्नुहोला
Send to your friends or hit like button ==>
Comments[ 0 ]
Post a Comment