‘रेखा थापा कहाँको राजा हो र, उसका अन्डरमा बसेर काम गर्नुपर्ने ?’ आक्रोशित मुद्रामा निर्देशक श्याम भट्टराइले केही दिन अघि अनलाइनखबरसँग यस्तो प्रतिक्रिया दिएका थिए ।रेखा र श्यामको विवादले आ-आफ्नै कोणमा मिडियामा चर्चा पाइरहेको छ । श्याम रेखाका निक्कै नजिकका मित्र हुन् । रेखाले श्यामलाई भाइटिका पनि लगाइदिएकी थिइन् । तर रेखाकै ब्यानरमा काम गर्दा श्यामले नकारात्मक चर्चा बढि पाएका छन् ।उसो त रेखा थापाको युद्ध उनीसँग काम गर्ने कुनै न कुनै चलचित्रकर्मीसँग हुन्छ । video click
स्वयंम निर्माता छविराज ओझासँग पनि रेखाको वैवाहिक जीवन टिक्न सकेन । अलग हुने समयमा रेखा र छविले एक अर्काको बिषयमा विभिन्न प्रकारले आरोप प्रत्यारोप गरेका थिए । लामो समयदेखि रेखा र राजेश हमालको सम्बन्ध गतिलो छैन । रेखाले राजेश हमालप्रति थुप्रै प्रकारले व्यङ्ग्य हान्दै आएकी छिन् । रेखा र राजेशले सँगै सिनेमामा काम नगरेको पनि धेरै भैसकेको छ ।राजेश हमालपछि अर्का स्टार नायक निखिल उप्रेतीसँग पनि रेखाको सम्बन्ध पानी बाराबारको अवस्थामा पुग्यो ।
निखिल र रेखाले एक साथ सिनेमा खेल्न त परको कुरा बोलचाल गर्न पनि छोडे ।रेखा फिल्मस्कै ब्यानरमा ‘हिम्मत’ र ‘किस्मत’मा काम गरेका अर्का नायक विराज भट्टसँग पनि रेखाको सम्बन्ध टिक्न सकेन । विराज र रेखाको वार आज पनि उस्तै छ । चलचित्र ‘काली’ चल्दा त रेखा र विराज एक अर्काको विरुद्धमा वाक युद्धमा नै उत्रिए । विराजको ‘दामिनी’सँग जुध्नु परेपछि रेखाले भट्टलाई फ्लब हिरोको संज्ञा दिइन् । विराजले पनि रेखालाई अशिक्षित भनिदिए ।विराजलाई क्याम्पबाट टाढा राखेकी रेखाले आर्यन सिग्देललाई पर्दाको जोडी बनाइन् । उसो त गसिप बजारमा यि दुई बिच रियल लाइफमा प्रेम चलेको हल्ला पनि चल्यो । तर आर्यनसँग पनि रेखा लामो समयसम्म सम्बन्ध प्रगाढ बनाउन असमर्थ भइन् । आज आर्यन र रेखा विचको सम्बन्ध धर्ती र आकाश जस्तै टाढा छ ।
रेखाको सम्बन्ध चलचित्रका नायकसँग मात्र होइन रंग पत्रकारसँग पनि विग्रियो । गाइजात्राको समयमा एक पत्रकारलाई कार्यलयमा नै पुगेर थप्पड हानेपछि उनी सर्वाधिक आलोचित बनिन् । चलचित्र ‘साथी म तिम्रो’को पत्रकार सम्मेलनमा शताब्दी शब्दको अर्थ नजान्दा पत्रकार हाँसेपछि रेखाले देखाएको व्यवहार सर्वाधिक आलोचनामा रहन पुग्यो ।काम पर्दा नजिकिने र प्रयोग पश्चात टाढा बनाइदिने रेखाको बानी रहेको चलचित्रकर्मीहरु बताउँछन् । आज रेखा निर्देशक श्याम भट्टराइसँगको सम्बन्धलाई पनि टाढा बनाउँदैछिन् । नाम चलेका कलाकार रेखासँग नजिक छैनन् । उसो त रेखाको सिनेमामा नायकको महत्व निक्कै कम हुन्छ ।
आफूसँग काम गरेपछि जो पनि चल्ने भनाई रेखाको पुरानो हो । यसैले पनि उनले स्टार हिरोहरुलाई मतलब नगरेका हुनसक्छ ।नयाँ हिरो भित्राउँदै जाने र काम गरेकासँग सम्बन्ध विगार्दै जाने रेखाको यो रोग कहिले सकिन्छ भन्न सकिने अवस्था छैन । तर पनि रेखा अभिनित चलचित्रले बक्स अफिसमा सफल व्यापार गरेका छन् । हिरो विना नै चल्न सक्छु भन्ने सोचाई बोक्ने रेखा अब निर्देशक विना नै सिनेमा सफल बनाउन सक्छु भनेर कस्सिएकी छिन् ।
-अनलाइनखबर
Send to your friends or hit like button ==>
Comments[ 0 ]
Post a Comment