0८ चैत, काठमाडौं । कानुनको पालना गराउने नेपाल प्रहरीका बहालवाल एसपीले नै चोरीको गाडी प्रयोग गर्दै आएका छन् ।
[click hear watch video ]
एसपी जगतमान श्रेष्ठले केही वर्षयता चोरीको गाडी किर्ते कागजपत्रका आधारमा प्रयोग गर्दै आएका छन् ।हाल भक्तपुर प्रहरी प्रमुख रहेका एसपी श्रेष्ठले ना २ च ६४२ नम्बरको गाडी प्रयोग गर्दै आएका छन् ।
नक्कली नम्बर राखेर उनले चोरीको स्यान्ट्रोकार लामोसमयदेखि प्रयोग गरेको प्रहरी स्रोतले बताएको नयाँ पत्रिकामा खबर छ ।
यातायात व्यवस्था कार्यालय नारायणीका अनुसार ना २ च ६४२ नम्बरको कुनै पनि गाडी दर्ता छैनन् ।एसपी श्रेष्ठ पथलैया ट्राफिकमा रहँदा बरामद गरेको सो गाडी उनले प्रयोग गर्दै आएका हुन् ।
डीएसपीले खाएर ड्युटीमै रक्सी
ड्युटीमा मदिरा सेवन गर्ने एक प्रहरी नायव उपरीक्षक (डीएसपी) कारबाहीमा परेका छन् । महानगरीय प्रहरी वृत्त कीर्तिपुरका प्रमुख डीएसपी केदार खनाल कारबाहीस्वरुप हुनुमानढोका तालिएको अन्नपूर्ण पोस्टमा खबर छ ।
डीएसपी खनाल बिहीबार साँझ कीर्तिपुरमा आयोजित भोजमा गएर प्रहरी पोसाकमै मदिरा सेवन गरेका थिए । स्थानीयले महानगरीय प्रहरी परिसर हुनमानढोकाका प्रहरी प्रमुख एसएसपी रमेश खरेललाई फोन गरेर जानकारी दिएपछि उनले खनाललाई छानबिनका लागि हनुमानढोका तानेका हुन् ।
Send to your friends or hit like button ==>
Comments[ 0 ]
Post a Comment