१४ चैत्र, हुम्ला - हुम्ला सदरमुकाम सिमकोटमा जाँड रक्सी र जुवा तासका कारण शान्ति सुव्यवस्ता कायम नरहेको भन्दै सिमकोटका महिलाहरुले जाँड रक्सी र जुवातास नियन्त्रणको पहल थालेका छन् ।
सिमकोटमा हरेक दिन जाँडरक्सीका कारण एकआपसम झैझगडा गर्नेको संख्या बढेको भन्दै त्यसलाई नियन्त्रणको पहल थालिएको हो ।
सिमकोट महिला समुहका अध्यक्ष लालकला बोहराको नेतृत्वमा भएको महिला समुहले सिमकोटको क्षेत्र भित्रमा जाँड रक्सी सेवन गरी झैझगडा गर्ने व्यक्तीलाई पहिलो पटक १ हजार जारिवाना गर्ने निर्णय गरेका छन् । यसैगरी आफूले गरेको निर्णयलाई जानेर पनि जाँडरक्सी बिक्री वितरण गर्नेका लागि पहिलो पटक तीन हजार दोस्रो पटक ५ हजार र तेस्रो पटक १० हजार जरिवाना गर्ने निर्णय गरेका छन् ।
महिलाहरुको बैठकको निर्णयका बारेमा जानकारी पाउँदा पाउँदै पनि खुलेआम सेवन गर्नेलाई पहिलो पटक ५ हजार, दोस्रो पटक १० हजार र तेस्रो पटक १५ हजारको जरिवाना गर्ने निर्णय गरेको समुहकी अध्यक्ष लालकला बोहराले बताउनु भएको छ ।
-
Send to your friends or hit like button ==>
Comments[ 0 ]
Post a Comment