यो संवादले यतिबेला चर्चा पाइरहेको छ ।
चैत्र १४ गतेबाट प्रदर्शनमा आउन लागेको नयाँ चलचित्र ‘झेली’को संवादमा नायिका सुव्रिना कार्कीले यस्तै भन्छिन् । चलचित्रमा अनिल थापा, सुव्रिना कार्की र दिपा वीसी लगायतका कलाकारको अभिनय छ । चलचित्रले पैसाको लागि साथीले साथी पनि भन्दैनन् भन्ने कथालाई निक्कै भिन्न तबरले देखाउन खोजेको छ ।
चलचित्रमा सबनम मुखियाको छायांकन, चन्द्र पन्तको द्वन्द्व छ । भेषमान श्रेष्ठले निर्माण गरेको सिनेमालाई कमल दाहालले निर्देशन गरेका हुन् । निर्माता श्रेष्ठले सिनेमाले आजसम्म चलचित्र क्षेत्रले नउठाएको बिषयलाई निक्कै रोचक तबरले प्रस्तुत गरेको भन्दै दर्शकले पूर्ण मनोरञ्जन लिने दाबी गरे । चलचित्रको प्रोमोले पनि चर्चा पाइरहेको छ । भिडियो हेर्नुहोस
Send to your friends or hit like button ==>
Comments[ 0 ]
Post a Comment