एउटा कुकुरको छाउरोलाई कति पर्छ ? गाउँघरतिर हो भने कुकुरका छाउराको मूल्य भन्दा पनि सित्तैमा लगिदिए हुन्थ्यो भन्ने अबस्था आइपर्छ ।
आजकल नेपालका शहरबजारमा घरानियाँहरुमाझ कुकुर पाल्ने शौख बृद्धि भइरहेको छ ।
त्यसैले उनीहरु हजारौं रुपैयाँ तिरेर उन्नत जातका कुकुर किनेर पाल्छन् ।
तर, यस्ता कुकुरको मूल्य हजार मात्रै हैन, लाख पनि हैन करोडौं रुपैयाँ पर्छ भनेर तपाईले कहिले पनि कल्पना गर्नुभएको थिएन होला ।
हजुर, तपाई बिल्कुल सही पढ्दै हुनुहुन्छ ।
एउटा कुकुरको छाउरोलाई १८ करोड रुपैयाँमा बिक्रि गरिएको छ ।
यो छिमेकी चीनको खवर हो, जहाँ तिब्बती मूलको मस्तिफ (नेपालमा भोटे कुकुर भनिने) जातको कुकुरको छाउरोलाई गत साता झण्डै १८ करोड रुपैयाँमा बिक्रि गरिएको छ ।
झेजियाङ भएको कुकुर प्रर्दशनीमा एक जग्गा ब्यापारीले १ करोड २० लाख युयानमा किनेका छन् । झट्ट हेर्दा जंगलको सिंहजस्तो देखिने यो कुकुर सुनौलो रंगको छ ।
यो कुकुरका मालिकले भने- यो जातको कुकुरमा सिंहको रगत मिसिएको छ ।’ उनले यस्तै अर्को कुकुरलाई झण्डै ६० लाख युयानमा बिक्रि गरेका छन् ।
चिनियाँ धनाढ्यहरुमाझ यो तिब्बती कुकुर ‘प्रतिष्ठाको बिषय’ बन्ने गरेको छ ।
निख्खर तिब्बती मस्तिफ जातको रातो पाण्डा जतिकै दुर्लभ रहेकाले यो निकै महंगो हुने गरेको ती कुकुरुका मालिकले जानकारी दिए ।
रातो रंगको मास्तिफ जातको कुकुर पालेमा माकिललाई सुरक्षा र सम्बृद्धि प्राप्त हुने बिश्वास रहेको छ ।
यसअघि सन् २०११ मा एक करोड चिनियाँ युयानमा यस्तै रातो मस्तिफ कुकुर बिक्रि भएको थियो जसले बिश्वकै सवैभन्दा महंगो कुकुरको रेकर्ड राखेको थियो ।
तिब्बती मास्तिफ जातको कुकुर तिब्बत, नेपाल मध्य एशियाको हिमाली क्षेत्रमा पाइने बेलायती पत्रिका डेली मेलले जनाएको छ । पहिले-पहिले हिमालतिर भेडा बाख्राको सुरक्षाका लागि यस्ता कुकुर पाल्ने गरिएको भएपनि अहिले यी कुकुर निकै महंगा र दुर्लभ मानिने समाचारमा उल्लेख छ ।
Send to your friends or hit like button ==>
Comments[ 0 ]
Post a Comment