कुवेतको अस्पतालमा मृत्युसँग लड्दै मिना मगर
कुवेत ,घरेलु कामदारका रुपमा गत असोज २२ मा कुवेत पसेकी मिना मगर अहिले गम्भीर अवस्थामा अस्पतालको बेडमा उपचार गराइरहेकी छन् ६ दिनदेखि फर्वानियाको बेड नं. २० मा उपचार गराईरहेकी मिना अहिले मृत्युसँग संघर्ष गरिरेहकी छन् ।
उदयपुर जिल्ला बबला गाबिस की मिना मगरको राहदानी ०६५९५८०८ नम्बरबाट कुवेत पसेकी हुन् ।
मिना कुवेत आएलगत्तै एक महिना एकजनाको घरमा काम गरिन् । त्यसपछि त्यहाँका घरमालिकले एजेन्ट अफिसमा फर्काएर काम गरेको पैसा पनि एजेन्टको हातमा दिए । एजेन्टले पारिश्रमिक मिनालाई नदिई खाइदिएको बताइएको छ ।
कुवेत ल्याएको एजेन्टले उनलाई कुवेतकै अर्दियास्थित अर्को घरमा काम गर्न पठाइयो । मिनाले त्यो घरमा काम गर्दा कम्ता भुक्तमान भोगिनन् । ‘
त्यो घरमा काम गर्न साह्रै कठिन रहेछ, विहानदेखि राति एक बजेसम्म बाबुको घरमा काम गरेपछि दिउँसो एकबजेदेखि राति एघार बजेसम्म उसकी छोरीको घरमा मेसिन झैं मैले काम गर्नुपर्यो’ मिनाले भनिन् ।
लगातार भोकभोकै काम गर्दा मिनालार्इ ग्यास्ट्रिकले च्याप्यो । कामको चाप र समयमा खान नपाउँदा मिनालार्इ विमारले नराम्ररी च्याप्यो । घर मालिकले मिना विरामी हुँदा अस्पताल पनि नलाने र औषधी पनि नगरिदिएपछि उनी लखतरान भइन् ।
मिना यसरी अस्पताल पुगिन्
भोकभोकै लगातारको कामले थला परेकी मिनालार्इ अस्पतालसम्म पुगेको बारे केही थाहा छैन ।
‘म विहान उठेको थाहा छ, अरु केही पनि थाह छैन, होस आउँदा अस्पतालमा थिएँ।’ मिनाले भनिन् ।
बेहोसी अवस्थामै घर मालिकले उनीबाट ल्याप्चे लगाएर काम फत्ते गरिसकेका थिए । ‘बेहोस अवस्थामा कहाँ ल्याप्चे लगाउन लगाए, थाहा छैन, हिन्दीमा बोलेको सुनेकी थिएँ, आँखा खुलेको थिएन’, मिनाले भनिन्, ‘उनीहरुले मलाई मेरो कुवेतस्थित एजेन्टको अफिसमा लगेका होलान,होस खुलेपछि हेर्दा दुबै हातको बुढी औंलामा ल्याप्चे लगाएको मसी थियो ।’ मिनाको भनिन् ।
मिनालार्इ अस्पतालले अपरेशन गर्ने तयारी गरेको छ । उनलाई अस्पतालमा घर मालिकले भर्ना गरेको बताइएको छ । अस्पतालमा भेटिएकी मिनाले भने गुनासो पोखिन् ।
‘मेरो दाहिने गोडाको जाँघको हड्डी खुस्केको जस्तो लाग्छ, हलचल गर्नहुँदैन’ मिनाले भनिन् ।
मिनाको औंलामा चोट देखिन्छ, गोडामा पनि निला डामहरु छन् र त्यहाँ उनलाई रेखदेख गर्ने एक नेपाली महिलाका अनुसार तिघ्रा, पुठ्ठा र कम्मरमा पनि धेरै चोटहरु छन्। आँखाको छेउ र निधारमा पनि चोट देखिन्छ। उनलार्इ घरमालिकले दवाव दिएकाले घटनाबारे केही नबोलेको बताइन्छ ।
उनी पटक-पटक भन्ने गर्थिन ‘मलाई अपरेशन गर्ने भनेर सुई लगाएर मारी पो दिन्छन् कि ?’
घटनाबारे नेपालमा कुरा गरेर बाँचेर भने घर आउँछु भनिदिएको बताइन् उनीको घरको स्थिति
पनि अति नाजुक भएको कारणले नेपालमा गएर उपचार गर्ने स्थिति कमजोरी भएको
बताउछिन उहालाई उपचारको लागि सहयोग गरिदिनुहुन नेपाली दाजुभाइ,दिदीबहिनीहरुलाई
आग्रह गर्नु भएको छन् उहालाई सहयोग गर्नु हुने दाजुभाइ,दिदीबहिनी हरुले सिधै मगर
संघ कुबेतमा सम्पर्क राखी सहयोग पुर्याई दिनु भएमा भागुवानले धेरै आशिर्बाद दिनु
हुनेछ भन्ने आग्रह गर्नु भएको छ !
Comments[ 0 ]
Post a Comment