कुन उमेरको मान्छेले गर्छ ‘यौन दुराचार’ ?
=============================
दिलशोभा भन्छिन्- ६५ कटेको मान्छेसँग कल्पना गर्न सकिँदैन
२० फागुन, काठमाडौं । ‘यौन दुराचार’को आरोप
लागेकी दिलशोभा श्रेष्ठको आमाघरमा अहिले पनि २९
जना वृद्धवृद्धाहरु आश्रय लिएर बसिरहेका छन् ।
अनलाइखबरकर्मी त्यहाँ पुग्दा उनीहरु छतमा घाम तापेर
बसिरहेका थिए ।
कोही कोठामा धानधुन गरिरहेका थिए ।
आमा घरमा रहेका ३७ बालबालिकालाई सरकारले उठाएर लगे
पनि बयस्कहरुलाई अहिलेसम्म छोएको छैन । आखिर कस्तो उमेर
समूहका मानिस बस्दारहेछन् दिलशोभाको आमाघरमा ? ‘यौन
दुराचार’को गम्भीर अभियोग लागेकी दिलशोभालाई हामीले
उनको आश्रममा रहेका आश्रितहरुको उमेर समूहबारे जानकारी लिने
प्रयास गर्यौं ।
‘अहिले मसँग २९ जना बाबा-आमाहरु हुनुहुन्छ, यीमध्ये
दुईजना बाबा हुनुहुन्छ भने २७ जना आमा हुनुहुन्छ’ दिलशोभाले
अनलाइनखबरसँग भनिन्- ‘यीमध्ये चारजना बोली नआउने हुनुहुन्छ,
दुईजनाले आँखा देख्नुहुन्न ।’
बाबा-आमाहरुको उमेर चाँहि कति कति छ ?
अनलाइनखबरको प्रश्नमा दिलशोभाले भनिन्-’कम उमेरका ६५
वर्षका छन्, बढी उमेरका ९५ वर्षका छन् ।’
केटाकेटी चाँहि कति-कति वर्षका थिए ? दोस्रो प्रश्नमा उनले
भनिन्- ‘घटीमा भर्खरै जन्मेका देखि बढीमा १२-१३ वर्षका थिए ।
त्यसमा पनि बच्चीहरुलाई यहाँ माथ्लो तलामा मसँगै सुताउँथें ।’
तपाईको आमाघरमा जवान मान्छे कोही थिएन त ?
उनले भनिन्-
‘जवान भनेकै मलाई यस्तो आरोप लगाउने संगीता तामाङ (आनी) र
अप्सरा गुरुङमात्रै हन् । उनीहरुलाई मैले त्यस्तो काममा पठाएको भए
उनैलाई सोधे हुन्छ, ६५ कटेका आमाहरुलाई कसैले त्यस्तो कल्पना गर्न
सक्ला ?
कसले कल्पना गर्नसक्छ, यस्ता मान्छेबाट यौन दुराचार
भयो भन्ने ?’
दिलशोभाले थपिन्- ‘पानीमुनि गएर भए पनि पत्ता लगाउनुपर्यो,
मबाट त्यस्तो यौन दुराचार भएको छ भने ।’
यौनविज्ञ भन्छन्-उमेरले छेक्दैन
यौन मनोविज्ञासम्बन्धी विज्ञ मानिने सभासद डा. सुवोध
पोखरेल भने पाको उमेरका महिला हुँदैमा उनीहरुबाट यस्तो कार्य
भएन भनेर ठोकुवा गर्न नसकिने बताउँछन् ।
यस्तो पाको उमेरका महिला वा पुरुषमाथि त्यस्तो आशंका गर्न
सुहाउँछ ?
अनलाइनखबरको प्रश्नमा डा. पोखरेलले भने-
‘विशेषगरी रजस्वला रोकिने उमेर भएपछि महिलाहरुमा यौन
चाहना हुँदैन । तर, भारतमा कोठी सञ्चालन गरेर बस्नेहरु यस्तै
पाको उमेरका महिलाहरु हुने गरेका छन् । त्यसैले
यस्तो घटनामा छानविनपछि मात्रै केही भन्न सकिन्छ ।’
पुरुषहरुमा भने जुनसुकै पाको उमेरमा पनि यौन चाहना रहने डा.
पोखरेलले बताए ।
त्यस्तै चाहना नभए पनि यौनकर्मी महिलाहरु
बाध्यताले यस्तो कार्यमा लाग्ने उनले बताए । ‘तर, यौन दुराचार
भनेको कुनै बलात्कार वा संभोगलाई नै जनाउँदैन, अर्को पक्षलाई
बासनात्मक नजरले हुर्ने कार्यलाई यौन दुराचार भनिन्छ’ डा.
पोखरेलले भने- ‘यौन दुराचार भन्नाले यौनकार्य नै भन्ने नभएर
आशयलाई बुझिन्छ ।’
Send to your friends or hit like button ==>
Comments[ 0 ]
Post a Comment