१४ चैत्र, काठमाडौं - नेपालमा उत्पादित बिजुली नेपालको विद्युत आवश्यकता पुरा नगरी बिदेशमा बेच्न नपाइने भएको छ ।
त्यसका लागि नेपालमा लगानी गर्न लागेका विदेशी कम्पनीसंग हुने आयोजना विकास सम्झौता (पिडिए)मा यो ब्यबस्था अनिर्वाय रुपमा राखिने लगानी बोर्डका सञ्चार प्रमुख घनश्याम ओझाले जानकारी दिनुभयो ।
त्यस्तै बिदेशी कम्पनीले नेपालमा जलविद्युत आयोजना निर्माण गर्दा नेपाली कामदार मात्रै प्रयोग गर्न पाउने र नेपालीले नपुगेमात्रै बिदेशी कामदार ल्याउन पाउने, जग्गा अधिग्रहण गर्दा मुअब्जा मात्रै दिने नभई बिस्थापित परिवारका सदस्यलाई जागिर दिनुपर्ने, नदीको बहाव परिवर्तन गर्न नपाउने र आयोजनास्थल भन्दा माथी र तलको पानीमा लगानीकर्ताको कुनै अधिकार नहुने लगायतका सर्त पिडिएको मोडलमा राखिएको छ ।
यस्तै आयोजना निर्माण गर्दा नेपालकै निर्माण सामाग्री प्रयोग गर्नुपर्ने र यदि नेपालमा उत्पादन भएका सामाग्री गुणस्तर हीन भए या नपुगे मात्रै बिदेशबाट ल्याउन पाउने ब्यबस्था पिडिएको सर्तमा राखिएको छ । यसैबिच लगानी बोर्डले माथिल्लो कर्णाली जलविद्युत आयोजनाको बनाउन लागेको भारतीय कम्पनी जिएमआरसंग आयोजना विकास सम्झौता पिडिए गर्ने अन्तिम तयारी गरेको छ ।
आयोजना बनाउन जिएमआरले आयकर र भ्याट केही समयको लागि छुट दिनपर्ने माग राखेको छ । यस्तै लगानी बोर्डले सतलजले बनाउन लागेको ९ सय मेगावाटकै अरुण तेश्रो, जिएमआरकै ७ सय मेगावाटको माथिल्लो मस्र्याङ्दी र पश्चिम सेतीसंग पिडिए नेगोसिएसनको तयारी गरेको छ ।
Send to your friends or hit like button ==>
Comments[ 0 ]
Post a Comment