लाइट नेपाल समाचार, १३ चैत्र, काठमाडौँ - पछिल्लो समय रागिनी एमएमएस–२ बाट चर्चा बटुलिरहेकी सन्नी लियोनीलाई भारतबाट निष्कासन गर्ने माग भारतको हिन्दु जनजागरण समितिले गरेको छ ।
साथै, उनको रागि
नी एमएमएस–२ को प्रदर्शनमाथि पनि रोक लगाउन समितिले माग गरेको छ ।
समितिले आफ्नो मागसहितको ज्ञापनपत्र केन्द्रिय चलचित्र प्रमाणिकरण बोर्डमा बुझाएको छ ।
पोर्न चलचित्रबाट बलिवुडकी नायिका बनेकी लियोनीको रागिनी एमएमएस–२ भारतीय अत्मसम्मान, संस्कृति र हिन्दु धर्मको अपमान गरेको अरोप समितिले लगाएको छ ।
समितिले चलचित्रको शुरुवातमा हनुमान चालिसाको प्रयोग गरेकोमा पनि अपत्ति जनाएको छ ।
भारतमा बलात्कार र यौनदुव्र्यवहार बढी रहेको अवस्थामा यस्ता अश्लिल चलचित्रले त्यसलाई झन् बढावा दिएको आरोप पनि समितिको छ ।
तत्कालै चलचित्रको प्रदर्शनमा रोक नलगाए हल अगाडि गएर प्रदर्शन गर्ने समितिले जनाएको छ ।(एजेन्सी)
-
Send to your friends or hit like button ==>
Comments[ 0 ]
Post a Comment