चन्द्र थापा। अछाम, फागुन १६ – अछामको लयाटी गाविसमा एक महिनाका बालकको लिंग र अण्डकोष कुकुरले खाइदिएको छ ।
लयाटी गाविसको वडा नम्बर ३ का नेत्र शाहीका एक महिनाका बालकलाई घरमा सुतिरको बेला छाउरो कुकुरले शुक्रबार बिहान टोकेको हो ।
बालकलाई उपचारको लागि दैलेखको राखम लगेको भएपनि स्वास्थ्यकर्मीले उपचारमा १ लाख जति खर्च हुने बताएपछि बालकलाई घर फर्काइएको नवज्योति उच्चमावि लयाटीका शिक्षक प्रेम शाहीले बताउनुभयो ।
बालकलाई सामान्य मलम पट्टी गरेर घर फर्काइएको हो । कुकुरले टोकेको भएपनि उनलाई रेबिज भ्याक्सिन समेत लगाईएको छैन । स्वास्थ्यकर्मीले उपचारपछि पनि बालकको लिंग सामान्य नहुने बताएपछि शाहीको परिवार चिन्तामा परेको शिक्षक शाहीले बताउनुभयो ।
Send to your friends or hit like button ==>
Comments[ 0 ]
Post a Comment