काठमाडौँ- तिजमा दरखान माईत आएकी २१ वर्षकी चेलीलाई नाताले काकाको छोरा पर्ने भाईले जबरजस्ती करणी गरेका छन् ।
पेशाले मारुती भेन चालक फिदिम ४ थापाटारका बर्ष २० का मानबहादुर थापाले मंगलबार राती ८ बजे घुमाउन लाने भन्दै आफ्नो मे.१ च. १२५० नम्बरको मारुती भेनमा भारापा टाहारीको झ्यालेढुङगा भन्ने ठाँउमा लगि भेनमै राती १२ बजे सम्म पटक–पटक बलत्कार गरेको खुल्न आएको प्रहरी निरिक्षक संजिवबाबु खड्काले बताए ।
उनका अनुसार प्रहरीलाई सूचनाहुन साथ पिडित महिलाको माईतीघरमा बुधवार विहान ४ बजे प्रहरी पुगि पिडितलाई स्वास्थ्य उपचारको लागि ल्याईएको छ ।
पिडकलाई विहान फिदिम बजारमा उनले चलाँउदै गरेको भेन सहित प्रहरीले नियन्त्रणमा लिएको छ । खड्काका अनुसार पिडित आफैले जाहेरी दिएको र उनको स्वास्थ्य परिक्षण समेत गरिसकिएकोले बुधवारनै जिल्ला अदालत पाँचथरमा जबरजस्ती करणी र हाडनाता करणी दुवै अन्र्तगत मुद्दा दर्ता गरिने प्रहरीको भनाई छ ।
पिडित महिलाको झापा गरामुनी ९ मा विवाह भएको र उनी तिजको दरखान माईत आएपछि माईतमानै बस्दै आएकी हुन । उनिका श्रीमान बैदेशिक रोजगारमा खाडिमुलुक गएको बुझिएको छ ।
Send to your friends or hit like button ==>
Comments[ 0 ]
Post a Comment