१३ फागुन, पर्वत – पर्वतका कृषकहरु अदुवाखेती गर्न लागेपछि यो खेती फस्टाउन थालेको छ ।
नगदेबालीको रुपमा रहेको अदुवा खेती प्रति कृषकहरुको आकर्षण बढ्दै गएपछि उत्पादन अदुवा खेती फस्टाउँदै गएको हो ।
जिल्लामा कुल २८ हेक्टर क्षेत्रफलमा कृषकले अदुवा खेती गर्दै आइरहेको जिल्ला कृषी बिकाश कार्यालयले जनाएको छ ।
गत बर्ष मात्र ३ सय ४६ मेट्रिक टन अदुवा उत्पादन भएकोमा यस बर्ष यसमा बृद्धि हुने कार्यालयको दाबी छ । कार्यालयले दिएको जानकारी अनुसार यस बर्ष झण्डै ५ सय मेट्रिक टन भन्दा बढि अदुवा उत्पादन हुनेछ ।
तरकारी र अचारमा नेपाली खानाको रुपमा प्रयोग हुने अदुवा बर्षमा ७ देखि ९ महिनासम्म गर्ने गरिन्छ ।
केहि स्थानमा सामुहिक र केहि गाविसमा कृषकले ब्यक्तिगत रुपमा समेत अदुवा खेती लगाउँदै आएका छन ।
जिल्लाको लेकफाँट, तिलाहार, शालीजा लगाएतका गाविसहरुका कृषकहरुले ब्यवसायीक रुपमा अदुवा खेती लगाउदै आएका छन ।
हाल बजारमा अदुवाको मूल्य प्रतिकेजी ८० रुपैंया रहेको छ । पर्वतमा माग अनुसारको उत्पादन हुन नसकिरहेको जिल्ला कृषि विकास कार्यालय पर्वतले जनाएको छ ।
यस विषयमा आफ्नो धारणा व्यक्त गर्नुहोस
-
Send to your friends or hit like button ==>
Comments[ 0 ]
Post a Comment