१४ फाल्गुन, काठमाडौँ - पहिले पहिले मोबाइल किन्दा ब्याट्री कति टिक्छ भन्ने कुरालाई ध्यान दिईन्न थियो किनकि पुराना मोबाइलहरुले थोरै ब्याट्री खपत गर्ने गर्दथे ।
तर, प्रविधिको विकास संगै जब स्मार्टफोनको प्रयोग बढ्न थाल्यो तब ब्याट्री लाइफ नै पहिलो चिन्ताको बिषय बन्न पुग्यो ।
फोन गर्न, इन्टरनेट चलाउन, गेम खेल्न, तस्विर तथा भिडियो रेकर्ड गर्न, भिडियो कल तथा च्याट गर्ने जस्ता अनगिन्ति सुबिधा हुने भएकोले यी फोनहरुले सामान्यतया धेरै ब्याट्री खपत गर्ने गर्दछन् ।
नेपालजस्तो लोडसेडीङको मारमा परेको देशमा त झन् भनेको बेलामा बिजुली नहुनाले कतिपय समयमा मोबाइल अफ भएर धेरै समस्या पर्दछ । यदि हामीले प्रयोगमा केही सावधानी अपनायौं भने पनि स्मार्टफोनको ब्याट्री केही घण्टा बढी टिक्न सक्दछ ।
हेरौ आफ्नो स्मार्टफोनको ब्याट्री जोगाउने केही उपायहरु :
- ब्राइटनेस तथा टाइम आउट कम गर्ने
स्मार्टफोनको डिस्प्ले स्क्रिनले नै धेरै ब्याट्री खपत गर्दछ त्यसैले सकेसम्म यसलाई काम राख्ने प्रयास गर्नुपर्दछ । आजकलका धेरै स्मार्ट फोनहरुमा अटो ब्राइटनेस फिचर हुनेगर्छ जसले परिस्थिति अनुसार आफैं स्क्रिनको ब्राइटनेस मिलाउँछ ।
त्यस्तै अर्को महत्वपूर्ण कुरा हो स्क्रिन टाइमआउट अर्थात् फोनको स्क्रिन निभ्ने/बन्द हुने समय । यो समय पनि कम राख्नुभयो भने स्क्रिन धेरै समय अँ हुँदैन र ब्याट्री बचत हुन्छ ।
- ब्लुटुथ, जिपीएसमा र वाइफाइ अफ गर्ने
ब्लुटुथ, जिपीएस र वाइफाइ प्रयोग गरेमा ब्याट्री धेरै प्रयोग हुन्छ । तर यसो भन्दैमा यी सुविधाहरु प्रयोग नै नगर्ने त कुरा हुन्न त्यसैले प्रयोग नभएको समयमा
ब्लुटुथ, जिपीएस र वाइफाइ बन्द गरेर राख्नुस् । अर्थात् इन्टरनेट चलाउनु पर्दा मात्र वाइफाई अन राख्नुस्, फाइल सेन्ड गर्ने बेलामा मात्र ब्लुटुथ अन गर्नुस्। त्यस्तै नक्साको प्रयोग गर्दा वा आफ्नो लोकेसन पत्ता लगाउन मात्र जीपीएस प्रयोग गर्नुहोस् ।
- तापक्रम
आफ्नो स्मार्टफोनलाई धेरै तातोहुन बाट बचाउनुहोस । साथै धेरै तातो तथा धेरै चिसो स्थानमा पनि नराख्नुस । धेरै तातो वा धेरै चिसोले फोनको ब्याट्रीमा नकारात्मक असर पुग्दछ ।
- धेरै एप्लिकेसन नचलाउनुस्
कुनै पनि एप्लिकेसन चल्दा यसले प्रोसेसर तथा मेमोरीमा प्रभाब पर्दछ जसले चाँडै ब्याट्री खपत गर्दछ । त्यसैले आफुलाई आवश्यक एप्लिकेसन मात्र चलाउनुस । प्रयोग नभएको तथा Background मा चलिरहेको एप्लिकेसनलाई बन्द गर्नुहोस् ।
- भाइब्रेटसन प्रयोग कम गर्नुहोस्
तपाइँ फोनले अरुलाई बाधा नपुगोस भनेर फोनलाई भाइब्रेसनमा राख्नु त ठिकै हो तर यसले धेरै ब्याट्री प्रयोग गर्दछ त्यसैले सक भर फोनलाई छोटो भाईब्रेसन आउने बनाउनु पर्ने हुन्छ ।
ता की तपाईंलाई कल आएको पनि थाहा होस् र ब्याट्री पनि जोगियोस ।
यी सामान्य टिप्सहरुले पनि स्मार्टफोनको ब्याट्री जोगाउन धेरै मद्दत गर्दछन र तपाइंले आफ्नो महत्वपूर्ण कल छुटाउनु पर्दैन ।
Comments[ 0 ]
Post a Comment