काठमाण्डौका गल्ली र सडकहरु आकर्षक देखाउन विदेशीहरु लालयित छन् । तर नेपालीहरु भिडियो बनाउन गोदावरीदेखि विदेशका विभिन्न स्थान चाहर्छन् ।
युक्रेनी अभिनेत्री तथा टेलिभिजन स्टार भेरा ब्रेजहेनएभाको चर्चित म्युजिक भिडियो सार्वजनिक भएको छ ।
कामुक शैलीमा खिचिएको यो भिडियोमा भेरा नेपाली सडकमा निकै सेक्सी रुपमा प्रस्तुत भएकी छिन् । ‘रियल लाइफ’ बोलको उक्त गीतको सुटिङ काठमाडौंका सडक, बसन्तपुर दरबार स्कवायर, पुल तथा विभिन्न गल्लीहरुमा गरिएको छ ।
रसियाली फिल्महरुमा पनि अभिनय गरेकी भेराका एकदर्जन म्युजिक एल्बम रिलिज भएका छन् । ३१ वर्षे भेराको यो म्युजिक भिडियोले नेपालको पर्यटन विकासमा महत्वपूर्ण भूमिका खेल्नेे आशा गर्न सकिन्छ । नेपाली निर्देशकले आफ्नै थलोलाई सुन्दर तरिकाले खिच्न नसकिरहेको बेला युक्रेनी गायिकाको यो म्युजिक भिडियोले भने धेरैको मन तानेको छ ।
भिडियो हेर्नुहोस
Send to your friends or hit like button ==>
Comments[ 0 ]
Post a Comment