एजेन्सी ।
पाकिस्तानका एक इस्लामिक धर्मगुरुले भूकम्प जानुको कारण महिलाले जिन्स लगाउनु रहेको भन्दै पाकिस्तानी सेनालाई महिलाविरुद्ध कारवाही थाल्न आग्रह गरेका छन् ।
इस्लामाबादस्थित एक होटलमा आयोजित पत्रकार सम्मेलनमा जामिअत उलेमा-इ-इस्लामी फाज्लका प्रमुख मौलाना फज्लुर रहमानले यस्तो टिप्पणी गर्दै सेनालाई कारवाही गर्न आग्रह गरेको अन्तराष्ट्रिय सञ्चार माध्यमहरुले जनाएका छन् ।महिलाहरुले गति छाडेका कारण प्राकृतिक विपत्ति आइरहेको उनको भनाइ छ । फल्जुर रहमानले खुलारुपमा हिँड्ने महिलाहरु गतिबान हतियार जस्तै रहेको टिप्पणी गर्दै पाकिस्तानका प्रमुख शहरमा यस्ता हतियार घुमिरहेको समेत बताए ।पाकिस्तानमा भैरहेको खाद्यान्न अभाव, असुरक्षा तथा उर्जाको अभाव महिलाका कारण नै सृजना भएको आरोप समेत उनले लगाएका छन् ।महिलाहरुलाई घरभित्रै राख्यो भने र शरिया कानून लागु गरियो भने पाकिस्तानमा तालिबानी आक्रमण नहुने पनि उनले बताए ।तालिबानीहरु पाकिस्तानका शत्रु नभएको समेत उनले जिकिर गरे ।उनले पाकिस्तानी सेना र प्रधानमन्त्रीलाई महिलाविरुद्ध युद्ध शुरु गर्न आग्रह पनि गरेका छन् ।
Send to your friends or hit like button ==>
Comments[ 0 ]
Post a Comment