पशुपतीले ज्योतिलाई नाङ्गै गाउँदै नहिँड भन्दा पशुपती माथी नै जाइलागिन् ज्योती
Monday, March 30, 2015
मिडिया एनपी, मकवानपुर ।
पुष्ट शरीरकी धनी लोकगायिका ज्योती मगरले शरीर देखाएरै दर्शकवाट ताली र गाली पाउँदै आएको कुरा सबैलार्इृ थाहा छ । तर यतिबेला स्टेजमा नै उत्तेजक नृत्य र शैलीका कारण एकै पटक चर्चा र बिबादमा आएकी यिनै गायिका मगरलाई अर्का लोकगायक पशुपति शर्माले लोकगायिकाले नाङ्गै गाउँदा लोक संस्कृति र परम्परा माथि नै प्रश्न उठ्ने भन्दै त्यस्तो शैलीमा नगाउने सल्लाह दिए सँगै लोक गायक शर्मा समेत समस्यामा परेका छन् ।
शर्माले ‘नाङ्गै नहिड्न’ आग्रह गरेसँगै गायिका ज्योती गायक शर्मा माथि नै जाइलागेकाले उनी समस्यामा परेका हुन् । शर्माले दोहोरी गाउने भए लामो लुगा लगाए, नत्र गीतै नगाए भन्दा ज्योतीले जोड की तोड भएर ‘केटा मान्छे भएर पनि तीजको गीतमा नाच्ने भन्दै प्रतिप्रश्न नै गरिन् ।
यो छेडछाड र घोचपेचको शृखला केही समयसम्म जारी नै रह्यो । तर यो प्रसंग ज्योती मगरको वास्तबिक जीवनको नभई उनकै भिडियो गाउने भए गाउँ दोहोरीको हो । गायक शर्माको लय, शब्द र संकलन रहेको यस गीतलाई आशिष म्युजिकले बजारमा ल्याएको छ । भिडियोमा शर्मा, र ज्योति र रमेशले अभिनय गरेका छन् ।
ज्योती मगर स्वदेश तथा बिदेशमा हुने सांगीतिक कार्यक्रममा छोटा कपडा लगाएर उत्तजेक रुपमा प्रस्तुत भएका कारण चर्चामा छिन् ।
केही समय अघि गायिका ज्योतीले यूएईमा भएको कार्यक्रममा उत्तेजक हाउभाउमा शरीरमा नै पानी खनाएर हंगामा नै मच्चाएकी थिइन् । त्यसअघि पनि यि गायिकाले जापानमा पनि त्यस्तै शैली दोहोर्याउँदा प्रहरीलाई सुरक्षा दिन हम्मे हम्मे परेको थियो ।
यो पनि हेर्नुहोस्:
हट गायिका ज्योतीले स्टेजमा नै शरीरमा पानी खनाएपछि बबाल (फोटो /भिडियो सहित)
Comments[ 0 ]
Post a Comment