MRP-मेशिन रिडेबल पासपोर्ट कसरी बनाउने ( जानकारीमुलक भिडियो सहित) -
Sunday, February 8, 2015
हस्त लिखित पासपोर्टलाई यम आर पि (MRP)मेशिन रिडेबल पासपोर्टमा प्रतिस्थापना गर्ने समय नोवेम्बर २४, २०१५ नजिक आउन लागेको समयमा बिश्वभर रहेका नेपाली दूताबासले सक्रिय रुपमा नेपालीहरुमाझ यसलाई बनाउनको लागि प्रचार-प्रसार गरि रहेका छन । स्मरणीय छ नोवेम्बर २४, २०१५ पश्चात हस्तलिखित राहादानिबाट अन्तरास्ट्रिय रुपमा यात्रा गर्न पाइने छैन । यसै सिलसिलामा विभिन्न देशमा रहेका संघ-संस्थाले दुताबाससंग हातेमालो गर्दै यस अभियानलाई बढाई रहेका छन । भर्खरै एनआरएन अमेरिकाको सहयोगमा नेपालीहरुको घना बस्ति भएका शहरहरुमा सम्पर्क व्यक्ति तोकी सहजता प्रदान गरेका छन भने अन्य देशमा रहेका स्थानीय संघ-संस्थाहरु समेत सक्रिय रुपमा लागिपरिरहेको देखिन्छ । तपाईलाई बिदेशमा रहेको समयमा पासपोर्ट बनाउनु छ भने नेपाल सरकारको वेब पेज http://www.mofa.gov.np/# मा गई Nepali Mission Aboard मा क्लिक गरेर आफु रहेको देशसंग सम्बंदित मिशनको वेब पेजमा गई थप जानकारी लिन तथा बनाउन सकिने छ । यसै सन्धर्भमा (MRP)मेशिन रिडेबल पासपोर्ट सम्बंदी तलको जानकारीमुलक भिडियो हेरी अझ धेरै कुरा थाहा पाउन सक्नुहुनेछ । - See more at: http://www.merokhabar.net/index.php?
Send to your friends or hit like button ==>
Tags:
मेरो संसार
Comments[ 0 ]
Post a Comment