चितवन, फागुन ९ – चितवनको मुख्य बजार क्षेत्रमा अवैध यौनधन्दामा संलग्न ४९ जोडीलाई शनिवार चितवन प्रहरीले पक्राउ गरेको छ । नारायणगढ र यस आसपासका क्षेत्रमा अवैध यौनधन्दा चलाउने गरिएको भन्दै सर्वसाधारणबाट उजुरी परेपछि प्रहरीले शनिबार दिउँसो १ सय होटल तथा रेस्टुरेन्टमा छापा मारेको जिल्ला प्रहरी कार्यालय चितवनका प्रमुख एवम् प्रहरी उपरिक्षक सहकुलबहादुर थापाले जानकारी दिए ।
प्रहरीले पटक–पटक अवैध यौनधन्दा सञ्चालन नगर्न चेतावनी दिए पनि होटल सञ्चालकले अझैसम्म पनि सो कार्य गरेकोले १० जना होटल सञ्चालकसहित ४९ जना पक्राउ परेको उनले बताए ।
जिल्लामा शान्ति सुरक्षा कायम राख्ने अभियान अन्र्तगत प्रहरी निरिक्षक रुगम कुवँरको नेतृत्वका एक टोली खटाई छापा मारिएको उनले बताए ।
![youn jodi (6)](https://lh3.googleusercontent.com/blogger_img_proxy/AEn0k_ukM6Kb8rGDFPO9d1_xdf26jk4m5eiy6i2ewYRM801elBREpx23xOAJ8NDmPBnt7ZNIkj9WnJSHerWu63VKwZfD2JLs4VpSuDXz7MeRtb-TzJ14zSRmtyBp1n9ndj_AulYs2dxKMw=s0-d)
विशेषगरि नारायणगढको पुल्चोक, न्यूरोड, पोखरा वसपार्क, पारस वसपार्क क्षेत्रमा खोलिएका होटल, लज र रेस्टुरेन्टमा हुँदै आएको अवैध यौनव्यापार नियन्त्रणका लागि प्रहरीले छापा मार्दा १७ जना महिला र १२ जना पुरुषहरु यौनजन्य कार्य गरिरहेको अवस्थामा फेला पारेर नियन्त्रणमा लिएको प्रहरी निरीक्षक कुवँरले जानकारी दिए ।
जसमध्ये ५ जोडी भने श्रीमान–श्रीमती भएकोले आवश्यक अनुसन्धान गरि घर पठाइएको उनले बताए ।
![youn jodi (4)](https://lh3.googleusercontent.com/blogger_img_proxy/AEn0k_sxMBOuK4FjXxCq1O6WOE41nlUza5iYInLLqrbiv_73nerI7R-LUZV7quiwPJCOieWcv-FM3N65UfLVzZYgaw8gNI07VWovJTBvYe9kJz209hkQ7LrR9cRQXXmScuV8jEGrWXcsGQ=s0-d)
प्रहरीले न्यू धौलागिरी, दिव्य होटल, लमजुङ्ग भरते देउराली, सौगात होटल, अन्नपूर्ण होटल, कैलाश लज, महालक्ष्मी गेष्ट हाउस, धौलागिरी तन्दुरी, फेमेली गेष्ट हाउस र लमजुङ्ग चोथा गोर्खा होटलबाट ती युवायुवतीलाई पक्राउ गरेको हो । अवैध यौनधन्दामा संलग्नमध्ये कतिपय १६ वर्षमुनिका किशोरीहरुदेखि ५५ बर्षसम्मका रहेका छन् ।
प्रहरीले ५० वर्ष उमेर समूहका पुरुष समेतलाई नियन्त्रणमा लिएको प्रहरी निरीक्षक कुवँरले बताए । पक्राउ पर्ने धेरै जसो श्रीमान विदेशमा रहेका महिलाहरु रहेका छन् ।
![youn jodi (5)](https://lh3.googleusercontent.com/blogger_img_proxy/AEn0k_vlHsOF5jpYxHdfGCec7yAT0CZ7JivCPweGlaf41p_ufQMEuUcOaveEB5ng5eA4AmuO03ZetK_H7VCLtQMtpUdW1MRU3VehymEMNEAbZc2tq-YGkMb-Y7d7oSIWaNahKeXu79-l=s0-d)
होटल लज तथा रेस्टुरेन्ट व्यवसायीले व्यावसाय सञ्चालसम्बन्धी आचारसंहिता बनाए पनि कतिपयले त्यो आचारसंहितालाई पालना नगरेको अनुगमनका क्रममा फेला परेको छ ।
खुलेआम यौनधन्दा सञ्चालन गर्दै आईरहेको सो होटलमा यसभन्दा अगाडि पनि पटक–पटक अवैध जोडीहरु प्रहरी फन्दामा परिरहेका छन् ।
चितवन जिल्ला भित्र संचालनमा रहेका गेष्ट हाउसहरुमा यौनधन्दाको कारोबारमा वृद्धि भएपछि प्रहरीले छापा हान्न सुरु गरेको अभियानलाई निरन्तरता दिने जिल्ला प्रहरी कार्यालय चितवनका प्रहरी उपरीक्षक थापाले बताए ।
पूर्वपश्चिम राजमार्गकोमध्ये भागमा पर्ने नारायणगढ र भरतपुरमा रहेका लज तथा गेस्टहाउसहरु अवैध देहव्यापार गर्ने थलो बन्दै गएका छन् ।
यो क्षेत्रलाई यौनकर्मीले ग्राहक लिएर जाने र यौनधन्दाको कारोबार गर्ने थलोको रुपमा चिन्न थालिएको छ । चितवनको लजमा प्रेमीले प्रेमिकादेखि यौनकर्मीसम्म लगेर निर्धक्क दिउँसै यौनधन्दा सञ्चालन गरिरहेको स्रोतले बताए ।
बाहिरका जोडीहरु आउन थालेपछि राम्रो कमाइ हुने भएकाले बजारमा लज र गेस्टहाउस थपि“दै गएको स्रोतले बताए ।
भरतपुर र नारायणगढ क्षेत्रमा झन्डै २ सय ५० होटल लज तथा रेस्टुरेन्ट रहेका छन् । चितवन तथा यस आसपासका क्षेत्रमा झन्डै ४०० जना सङ्गठित यौन व्यवसायी क्रियाशिल रहेको प्रहरीको अनुमान छ ।
- See more at: http://www.ratopati.com/2015/02/21/210694.html#sthash.Cz7nuwYi.dpuf
Comments[ 0 ]
Post a Comment