हस्त मैथुन गर्दा धेरै आनन्द लिने तरीका: जानी राखौ.
Wednesday, February 11, 2015
भनिन्छ, किशोरकिशोरी तथा युवा मनोविज्ञानको सबैभन्दा अहं हिस्सा यौन वरिपरि रुमल्लिएको छ ।
कौतुहलता, रहस्य र जिज्ञासाले घेरिएको यस्तो मनोदशाभित्र हस्त मैथुनबारे अनेकन भ्रम र अनुभव–अनुभूति पनि पर्छन् ।
स्वप्नदोष, शीघ्र पतन, लिङ्गको आकार तथा लम्बाइ, वीर्य स्खलन नहुने समस्या, लिङ्ग उत्तेजित नहुने समस्या आदि युवाका यौन जिज्ञासाभित्र पर्दछन् ।
यस्तै, युवतीहरूमा चाहिँ कौमार्य, योनी सुख्खा हुने समस्या, यौनेच्छामा कमी, योनी सङ्कुचन हुने समस्या, स्तनको आकार, असुरक्षित यौन सम्पर्क, आकस्मिक गर्भ निरोध आदि जिज्ञासा पलाउँछन् ।कुनै पनि व्यक्तिले आफ्नो जनेन्द्रीय चलाई यौन आनन्द लिने क्रियालाई हस्त मैथुन भनिन्छ । त्यसो त संस्कृत भाषामा हस्तको अर्थ हात र मैथुनको अर्थ यौनकार्य भन्ने बुझिन्छ ।
केटाहरूले चाँडै र सजिलै सिक्ने भएकाले नेपालमा पनि किशोरले बढी हस्त मैथुन गर्ने गरेका छन् । विश्वका करिब ९० प्रतिशत युवा र ६० प्रतिशत युवतीले हस्त मैथुन गर्ने गरेको तथ्याङ्क छ । हस्त मैथुन सम्बन्धी नेपाली युवा–युवतीको प्रस्ट तथ्यांक नभए पनि अनौपचारिक स्रोतका अनुसार नेपालको वस्तुस्थिति पनि खासै फरक चाहिँ छैन । युवतीले खुलेर भन्न नचाहने अर्थात् लजाउने कारण हस्त मैथुन गर्नेको संख्या वास्तविकताभन्दा कम देखिन सक्छ । source khabar-sansar
Send to your friends or hit like button ==>
Tags:
Health
Comments[ 0 ]
Post a Comment