खोटाङ, ३ फागुन– आफू विदेशमा भएको बेलामा गर्भवती भएकी श्रीमतीलाई खोटाङमा एक युवाले घर फर्केर हत्या गरेको खुलेको छ । जलेर मृत्यु भएको भनिएकी खोटाङकी निर्मला राईलाई उनकै श्रीमानले हत्या गरेको प्रहरीले जनाएको छ ।
Baccha
फेदी–४ की २२ वर्षीया निर्मला भन्ने सुष्मा राईको हत्यापछि घरमा आगो लगाइएको पनि प्रहरील जनायो ।
गत माघ २ गते राति २ बजे उनकै श्रीमान् २४ वर्षीय सुदीप राईले हत्या गरी त्यसलाई ढाकछोप गर्न घरमा आगो लगाएको खुलासा भएको प्रहरी नायब निरीक्षक यादव गौतमले बताए ।
सुष्माको मृत्युपछि माइतीपक्षको जाहेरीका आधारमा प्रहरीद्वारा सुदीप राई र स्थानीय २७ वर्षीय दुर्गाधन राईलाई माघ १८ गते पक्राउ गरिएको थियो । अनुसन्धानका क्रममा हत्या गरिएको खुलासा भएको निरीक्षक गौतमको भनाइ छ ।
सुष्माको पेटमा पाँच महिनाको गर्भ रहेको मृत्युपछि शव परीक्षणमा देखिएको अस्पताल स्रोतले जनाएको छ । घटनाको दुई साताअघिमात्र विदेशबाट घर आइपुगेका श्रीमानसँग यही विषयमा झगडा हुँदा हत्या भएको अनुसन्धानमा देखिएको प्रहरीले जनाएको छ ।
दुर्गाधन भने हत्यामा संलग्न नदेखिए पनि सुष्मासँग सम्बन्ध जोडिएकाले पक्राउ गरिएको प्रहरीले जनाएको छ । सुदीपविरुद्ध कर्तव्य ज्यान मुद्दा दर्ता गरेर कारबाही थालिएको गौतमले जानकारी दिए ।
-
See more at/kathmandutoday
Send to your friends or hit like button ==>
Comments[ 0 ]
Post a Comment