आजको
राशिफल
वि.सं.
२०७१ माघ ०४ गते आइतबार तदनुसार ई. सं. २०१५ जनवरी १८ तारिख, माघ कृष्ण त्रयोदशी, मूल
नक्षत्र, धनु राशिको चन्द्रमा, ध्रुव योग, विष्टि (भद्रा) करण, (आजको व्रत/पर्व : प्रदोष
व्रत,
आजको
मूहुर्त : रुद्राभिषेक(रुद्रीपूजा), पुराणश्रवण, ) ।
मेष
(चु, चे, चो, ला, लि, लु, ले, लो, अ) –
धन,
धर्म र भाग्यमा हानी पुग्ने सम्भावना छ, धेरै उमङ्ग नल्याउनु नै बेस होला । छरछिमेकी
र आफन्तका बीचमा वैरभाव सिर्जना हुनसक्छ । सामाजिक र परोपकारका मार्गमा अवरोध हुनेछ
। प्रतिष्ठा प्राप्तिका लागि संघर्ष गर्नु पर्नेछ । जीवनसाथी र बालबच्चाबाट समेत सन्तुष्टि
हुन सक्दैन । आजका लागि शुभअङ्क ३ र शुभरङ्ग रातो हो भने कुनै शुभकर्म गर्नु पूर्व
वा यात्रामा जानु अघि आज ॐ गं गणपतये नमः यस मन्त्रको कम्तीमा २१ पटक जप गरी आरम्भ
गर्दा लाभ प्राप्त हुनेछ ।
बृष
(इ, उ, ए, ओ, बा, बि, बु, बे, बो) –
विगतमा
आफूले गरेका कमीकमजोरीको नकारात्मक नतिजा देखा पर्नसक्छ । पुराना समस्या, चुनौती र
सम्झनाका कारण तनाव झेल्नुपर्छ । सानातिना काम र घरेलु समस्यामै अल्मलिएर आजको दिन
व्यतीत हुनेछ । आज लामो दूरीको यात्रामा ननिस्कनु राम्रो हुन्छ । परिवारका सदस्य अस्वस्थ
हुनसक्छन् । आजका लागि शुभअङ्क ५ र शुभरङ्ग बैजनी वा पहेंलो हो भने कुनै शुभकर्म गर्नु
पूर्व वा यात्रामा जानु अघि आज ॐ नमो भगवते वासुदेवाय यस मन्त्रको कम्तीमा ९ पटक जप
गरी आरम्भ गर्दा लाभ प्राप्त हुनेछ ।
मिथुन
(का, कि, कु, घ, ङ, छ, के, को, ह) –
दाम्पत्य
जीवनमा किचलो आउन सक्छ । कसैसँग नयाँ सम्बन्धको प्रस्ताव राख्ने हुँदा अपमानित बन्नुपर्ने
हुन सक्छ । झैझगडामा आफ्नो पराजय व्यहोर्नु पर्ने हुनसक्छ । सामाजिक क्षेत्रमा गएको
धनबाट प्रतिफल आउने सम्भावना देखिंदैन । धनप्राप्तिको लालसा जाग्नाले मनमा खिन्नता
आउने सम्भावना छ । आजका लागि शुभअङ्क २ र शुभरङ्ग सेतो वा घिउरङ्ग हो भने कुनै शुभकर्म
गर्नु पूर्व वा यात्रामा जानु अघि आज ॐ नमः शिवाय यस मन्त्रको कम्तीमा २१ पटक जप गरी
आरम्भ गर्दा लाभ प्राप्त हुनेछ ।
कर्कट
(हि, हु, हे, हो, डा, डि, डु, डे, डो) –
आफुलाई
प्रतिष्ठा प्राप्त हुनेछ र बन्धुवान्धव र साथीभाइले सहयोग पुर्याउने छन् । पुरानो र
बिर्सिसकेको साथीसँग भेट हुने सम्भावना छ । उसको व्यवहारले तपाई प्रभावित बन्नु हुनेछ
। पुख्र्यौली सम्पत्तिको विवादलाई निराकरण गर्ने दिन हो । समाधानको बाटो पहिल्याउनुस्,
सफलता हात पर्नेछ । आजका लागि शुभअङ्क ९ र शुभरङ्ग गाढा रातो हो भने कुनै शुभकर्म गर्नु
पूर्व वा यात्रामा जानु अघि आज ॐ नमश्चण्डिकायै यस मन्त्रको कम्तीमा ९ पटक जप गरी आरम्भ
गर्दा लाभ प्राप्त हुनेछ ।
सिंह
(मा, मि, मु, मे, मो, टा, टि, टु, टे) –
बौद्धिक,
साहित्यिक र सिर्जनात्मक क्षेत्रमा समय दिन नसक्नाले दिक्क लाग्नेछ । साँझपख एक्लोपना
र निराशाले सताउने छ । सृजनात्मक क्षमतामा कमी भए झैं लाग्नेछ । परोपकार सामाजिक क्षेत्रका
काममा अवगाल ब्यहोर्नु पर्छ । कुनै नयाँ योजना कार्यान्वयन गर्न कठिनाइ हुनेछ । आजका
लागि शुभअङ्क ९ र शुभरङ्ग हलुका रातो वा पहेंलो हो भने कुनै शुभकर्म गर्नु पूर्व वा
यात्रामा जानु अघि आज ॐ कुलदेवताभ्यो नमः यस मन्त्रको कम्तीमा १९ पटक जप गरी आरम्भ
गर्दा लाभ प्राप्त हुनेछ ।
कन्या
(टो, प, पि, पु, ष, ण, ठ, पे, पो) –
आज
दिनभरि राम्रो समय छैन । कुनै नयाँ काममा हात हाल्नु श्रेयस्कर हुँदैन । आफूमुनिका
परिवारजनसँगको आत्मीयतामा कमी आउनसक्छ । कुनै महत्वाकाङ्क्षी योजना कार्यान्वयन गर्दै
हुनुहुन्छ भने गोप्य राखेमा सफलता पाउनुहुनेछ । मित्रको व्यवहार पनि शत्रुतापूर्ण हुनेछ
। परिवारमा रमाइलो जमघट हुनेछ । आजका लागि शुभअङ्क ६ र शुभरङ्ग सेतो हो भने कुनै शुभकर्म
गर्नु पूर्व वा यात्रामा जानु अघि आज ॐ गुरवे नमः यस मन्त्रको कम्तीमा २४ पटक जप गरी
आरम्भ गर्दा लाभ प्राप्त हुनेछ ।
तुला
(र, रि, रु, रे, रो, ता, ति, तु, ते) –
दाजुभाइ
र बन्धुबान्धवको सल्लाहले रोकिएको काम बन्न सक्छ । धार्मिक र सामाजिक काममा समय बित्नेछ
। आध्यात्मिक भावनाको विकास हुनेछ । दिनदुःखीलाई दिएको सानो सहयोगले भाग्योन्नतिको
अवसर आउनसक्छ । पशुपालक र दुग्धव्यवसायमा संलग्नहरूले मनग्ये लाभ प्राप्त गर्नेछन्
। आजका लागि शुभअङ्क ४ र शुभरङ्ग पहेंलो वा गुलाबी हो भने कुनै शुभकर्म गर्नु पूर्व
वा यात्रामा जानु अघि आज ॐ महालक्ष्म्यै नमः यस मन्त्रको कम्तीमा ९ पटक जप गरी आरम्भ
गर्दा लाभ प्राप्त हुनेछ ।
बृश्चिक
(तो, ना, नि, नु, ने, नो, या, यि, यु) –
आज
दिक्क र झर्को लाग्दो दिन हुनेछ । आर्थिक रुपमा समेत लाभ प्राप्त हुनेछैन । परिवारमा
कलह, विवाद र झगडाको वातावरण सिर्जना हुनेछ । आफूले ताके बमोजिम मित्र र सहयोगीले सहयोग
गर्न सक्नेछैनन् । धैर्य, संयम र सचेत भई आजको समयलाई व्यतीत गर्नु श्रेयस्कर हुनेछ
। आजका लागि शुभअङ्क ३ र शुभरङ्ग गुलाबी हो भने कुनै शुभकर्म गर्नु पूर्व वा यात्रामा
जानु अघि आज ॐ अं अङ्गारकाय नमः यस मन्त्रको कम्तीमा १० पटक जप गरी आरम्भ गर्दा लाभ
प्राप्त हुनेछ ।
धनु
(ये, यो, भ, भि, भु, ध, फा, ढ, भे) –
आजको
तपाईंको निर्णय सार्थक हुनेछ । मित्रवर्गबाट सोचेजस्तो लाभ प्राप्त हुनेछ । प्रतियोगितात्मक
क्रियाकलापबाट लाभ मिल्नेछ । आम्दानीमा कमी आउने छैन, मनमा कताकता केही कमी भएझैं लागे
पनि समग्रमा आजको दिन तपाईंका लागि लाभकारी नै हुनेछ । कुनै नयाँ काममा मन जानेछ ।
आजका लागि शुभअङ्क ६ र शुभरङ्ग सेतो हो भने कुनै शुभकर्म गर्नु पूर्व वा यात्रामा जानु
अघि आज ॐ सरस्वत्यै नमः यस मन्त्रको कम्तीमा ११ पटक जप गरी आरम्भ गर्दा लाभ प्राप्त
हुनेछ ।
मकर
(भो, ज, जि, खि, खु, खे, खो, गा, गि) –
ठूला
आशा र महत्वाकांक्षा त्यागी अघि बढ्नु श्रेयस्कर हुनेछ । तपाईंले आँफूले गरेका प्रयास
र उद्यममा निराशा भोग्नुपर्छ । परिवारको कुनै सदस्यको स्वास्थ्यसम्बद्ध चिन्ता हुनसक्छ
। अनावश्यक यात्राबाट जोगिनु राम्रो हुनेछ, किनभने भ्रमण, पर्यटन र मनोरञ्जनात्मक क्रियाकलापमा
खर्च बढ्ने छ । आजका लागि शुभअङ्क ७ र शुभरङ्ग
कालो हो भने कुनै शुभकर्म गर्नु पूर्व वा यात्रामा जानु अघि आज ॐ शं शनैश्चराय नमः
यस मन्त्रको कम्तीमा २३ पटक जप गरी आरम्भ गर्दा लाभ प्राप्त हुनेछ ।
कुम्भ
(गु, गे, गो, सा, सि, सु, से, सो, द) –
सरकार
र राज्यपक्षबाट लाभ प्राप्त हुनेछ । अध्ययन अध्यापन सफल रहेको छ । व्यापारबाट सोचेजस्तै
लाभ प्राप्ति हुने योग छ । पशुव्यवसाय र कृषिपेसाबाट सन्तोषजनक लाभ हुनेछ । नोकरी र
सामाजिक क्षेत्रबाट मानसम्मान प्राप्त हुनेछ । अहिलेसम्म गरेका कामबाट सन्तोष मान्ने
ठाउँ देखिन्छ । आजका लागि शुभअङ्क ७ र शुभरङ्ग नीलो हो भने कुनै शुभकर्म गर्नु पूर्व
वा यात्रामा जानु अघि आज ॐ मृत्युञ्जयाय नमः यस मन्त्रको कम्तीमा २३ पटक जप गरी आरम्भ
गर्दा लाभ प्राप्त हुनेछ ।
मीन
(दि, दु, थ, झ, ञ, दे, दो, च, चि) –
घरपरिवारबाट
भरमग्दुर सहयोग प्राप्त हुने छ । आजको सानो प्रयासले रोजगारीको राम्रो अवसर हात पर्न
सक्छ । सरकारी जागिरेका लागि उपयुक्त समय आएको छ, प्रशंसा, बढुवा वा जिम्मेवारी मिल्ने
देखिन्छ । आज कुनै अप्रत्याशित काममा कसैलाई सहयोग गर्नु पर्ला । आजका लागि शुभअङ्क
९ र शुभरङ्ग छिर्केमिर्के बुट्टे हो भने कुनै शुभकर्म गर्नु पूर्व वा यात्रामा जानु
अघि आज ॐ कें केतवे नमः यस मन्त्रको कम्तीमा ७ पटक जप गरी आरम्भ गर्दा लाभ प्राप्त
हुनेछ ।
Comments[ 0 ]
Post a Comment