आजको राशिफल
वि.सं. २०७१ माघ ०२ गते शुक्रबार
तदनुसार ई. सं. २०१५ जनवरी १६ तारिख, माघ कृष्ण एकादशी, अनुराधा नक्षत्र, बृश्चिक राशिको
चन्द्रमा, गण्ड योग, बब करण
आजको
व्रत/पर्व : षट्तिला एकादशी व्रत,
आजको
मूहुर्त : रुद्राभिषेक(रुद्रीपूजा), कर्णवेध(कान
छेड्ने), अक्षरारम्भ, पसल थाप्ने, गृहप्रवेश, ऋण लिनेदिने, घर छाउने/ढलान गर्ने, पुराणश्रवण
मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) –
स्वास्थ्यमा अचानक गडबडी आउने सम्भावना देखिन्छ । सानोतिनो चोटपटक नै
पनि लाग्न सक्छ, सचेत एवं सावधान रहनु होला । तपार्इंको व्यक्तिगत दृष्टिकोण उल्टो
हुने देखिन्छ, आज कुनै पनि नयाँ काम नथाल्नु होला व्यवहारिक हानी हुनेछ होस राख्नोस्
। ढिलो गरी कार्यसम्पादन हुने दिन छ । आजका लागि शुभअङ्क ६ र शुभरङ्ग सेतो हो भने कुनै
शुभकर्म गर्नु पूर्व वा यात्रामा जानु अघि आज ॐ सरस्वत्यै नमः यस मन्त्रको कम्तीमा
११ पटक जप गरी आरम्भ गर्दा लाभ प्राप्त हुनेछ ।
बृष (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो) –
तपाईं दूरदर्शिताको सर्वत्र चर्चा हुनेछ । मायाप्रेम, रतिराग र भावनात्मक
क्रियाकलापमा आजको समय व्यतीत हुनेछ । विपरीतलिङ्गी सहयात्रीबाट प्राप्त सल्लाहबाट
गरिएको कामबाट फाइदा हुनेछ । सन्तानपक्षको राम्रो माया मिल्नेछ । समय राम्रो छ, प्रशंसा,
बढुवा वा जिम्मेवारी मिल्ने देखिन्छ । आजका लागि शुभअङ्क ३ र शुभरङ्ग सिन्दुरे रातो
हो भने कुनै शुभकर्म गर्नु पूर्व वा यात्रामा जानु अघि आज ॐ हं हनुमते नमः यस मन्त्रको
कम्तीमा २३ पटक जप गरी आरम्भ गर्दा लाभ प्राप्त हुनेछ ।
मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, ह) –
मनमा शान्तिको अनुभूति हुनेछ । सिर्जनात्मकता र व्यवहारिकतातर्फ मन आकर्षित
हुनेछ । घरायसी समस्या समाधान गर्न सकिने छ । माया र प्रेमको वातावरण तैयार हुनेछ ।
तर्क, विवाद र झैझगडा जस्ता क्षेत्रबाट लाभ मिल्नेछ । आज आमा वा मामाको आशीर्वादले
काम गर्न सक्छ । आजका लागि शुभअङ्क ५ र शुभरङ्ग बैजनी वा पहेंलो हो भने कुनै शुभकर्म
गर्नु पूर्व वा यात्रामा जानु अघि आज ॐ नमो भगवते वासुदेवाय यस मन्त्रको कम्तीमा ९
पटक जप गरी आरम्भ गर्दा लाभ प्राप्त हुनेछ ।
कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो) –
अध्ययन, अध्यापन र लेखनकार्यमा उच्च सफलता प्राप्त हुने छ । व्यावहारिक
र प्राविधिक काममा विशेष सफलता प्राप्त हुने छ । बौद्धिक क्रियाकलापप्रति झुकाव बढ्ने
छ । भाइबहिनी र छोराछोरीले सहयोग गर्नेछन् । पठनपाठन र र्बाद्धिक गतिविधिका कारण मानसम्मान
र प्रतिष्ठामा बढोत्तरी हुनेछ । आजका लागि शुभअङ्क ३ र शुभरङ्ग गुलाबी हो भने कुनै
शुभकर्म गर्नु पूर्व वा यात्रामा जानु अघि आज ॐ अं अङ्गारकाय नमः यस मन्त्रको कम्तीमा
१० पटक जप गरी आरम्भ गर्दा लाभ प्राप्त हुनेछ ।
सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे) –
घरायसी कामधन्दा र पारिवारिक आवश्यकता पूर्तिका लागि खट्नु पर्ने छ ।
छरछिमेकमा कसैसँग व्यर्थमा वादविवाद गर्नुपर्ला । प्रेमसम्बन्ध र रतिरागका कारण निराशा
भोग्नु पर्ने छ । सन्तानपक्षको मायामा कमी आउने छ । वैवाहिक तथा पारिवारिक जीवनमा समेत
धमिलोपन देखापर्ने छ । आजका लागि शुभअङ्क ६ र शुभरङ्ग सफा र चम्किलो हो भने कुनै शुभकर्म
गर्नु पूर्व वा यात्रामा जानु अघि आज ॐ शुं शुक्राय नमः यस मन्त्रको कम्तीमा ११ पटक
जप गरी आरम्भ गर्दा लाभ प्राप्त हुनेछ ।
कन्या (टो, प, पि, पु, ष, ण, ठ, पे, पो) –
सामाजिक काममा संलग्न हुनुपर्ला । मेवा मिष्टान्न परिकार मिल्नेछ, भेटघाट
राम्रै होला । धार्मिक वा सामाजिक सेवाका काममा प्रशंसित हुने अवसर प्राप्त हुनेछ ।
दाजुभाइ वा नजिकका मित्रबाट विशेष सहयोग र सुख प्राप्त हुने देखिन्छ । समय मध्यम खालको
छ । आजका लागि शुभअङ्क ३ र शुभरङ्ग रातो हो भने कुनै शुभकर्म गर्नु पूर्व वा यात्रामा
जानु अघि आज ॐ गं गणपतये नमः यस मन्त्रको कम्तीमा २१ पटक जप गरी आरम्भ गर्दा लाभ प्राप्त
हुनेछ ।
तुला (र, रि, रु, रे, रो, ता, ति, तु, ते) –
आज तपाईंले सम्पति बेचबिखन गर्नु राम्रो हुँदैन । पारिवारिक जीवनमा विभिन्न
समस्या देखा पर्नेछन् । साझेदार वा सहयोगीका कारण बेफाइदा हुनसक्छ । व्यस्त दिनचर्या
कायम भए पनि लाभ लिन सकिने छैन । दूरदराजमा रहेको स्थान अथवा विदेशबाट दुःखद समाचार
सुन्नु पर्नेछ । आजका लागि शुभअङ्क ४ र शुभरङ्ग पहेंलो वा गुलाबी हो भने कुनै शुभकर्म
गर्नु पूर्व वा यात्रामा जानु अघि आज ॐ महालक्ष्म्यै नमः यस मन्त्रको कम्तीमा ९ पटक
जप गरी आरम्भ गर्दा लाभ प्राप्त हुनेछ ।
बृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु) –
मन उत्ताउलो र चञ्चल भए पनि आजको दिन राम्रो छ । यद्यपि क्रोध, प्रतिशोध,
रिसराग र उत्तेजना माथि नियन्त्रण गर्नु राम्रो हुनेछ । नियमित तथा दैनिक कामधन्धा
र व्यवसायबाट राम्रो फाइदा हुनेछ । गुमेको वा सापटीमा गएको धन फिर्ता आउनेछ । बौद्धिक
र प्राज्ञिक क्षेत्रमा समेत राम्रो छ । आजका लागि शुभअङ्क ४ र शुभरङ्ग हरियो हो भने
कुनै शुभकर्म गर्नु पूर्व वा यात्रामा जानु अघि आज ॐ बुं बुधाय नमः यस मन्त्रको कम्तीमा
८ पटक जप गरी आरम्भ गर्दा लाभ प्राप्त हुनेछ ।
धनु (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे) –
प्रतिकूल समय चल्दैछ । खर्चको मात्रा ह्वात्तै बढ्नसक्छ । प्रशासनिक झैझमेला
वा आरोप व्यहोर्नु पर्ने हुनसक्छ । प्रेम सम्बन्धमा तिक्तता आउने योग छ । तपार्इंले
भने जस्तो काम सम्पन्न हुन कठिन छ । आफूले ताके अनुरूप काम नबन्नाले दिक्क लाग्नेछ
। लामो दूरीको यात्रा हानीकारक बन्नसक्छ । आजका लागि शुभअङ्क ९ र शुभरङ्ग गाढा रातो
हो भने कुनै शुभकर्म गर्नु पूर्व वा यात्रामा जानु अघि आज ॐ नमश्चण्डिकायै यस मन्त्रको
कम्तीमा ९ पटक जप गरी आरम्भ गर्दा लाभ प्राप्त हुनेछ ।
मकर (भो, ज, जि, खि, खु, खे, खो, गा, गि) –
साथीभाइ र कुटुम्बका नातेदारबाट उपयोगी सल्लाह र सहयोग प्राप्त हुनेछ
। शारीरिक प्रतिस्पर्धाका कामतिर मन जानेछ । आज विगतका कमीकमजोरी सम्झने दिन होइन,
मन प्रसन्न बनाएर काम गर्नुहोला, सफलता तपाईंको मुट्ठीमा छ । सरकार र राज्यपक्षबाट
लाभ प्राप्त हुनेछ । आजका लागि शुभअङ्क ८ र शुभरङ्ग ध्वाँसे हो भने कुनै शुभकर्म गर्नु
पूर्व वा यात्रामा जानु अघि आज ॐ रां राहवे नमः यस मन्त्रको कम्तीमा १८ पटक जप गरी
आरम्भ गर्दा लाभ प्राप्त हुनेछ ।
कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, द) –
विभिन्न जिम्मेवारी निर्वाह गर्नुका साथै दौडधूप पनि गर्नु पर्नेछ । यात्रा
रमाइलो हुनेछ । उपहार प्राप्त हुने सम्भावना छ । स्वास्थ्यमा अचानक सानो समस्या देखिन
सक्छ, तर डराइहाल्नु पर्दैन । आफन्तहरूबाट भनेजस्तो सहयोग नपाइएला, तर काममा बाधा हुनेछैन
। साथीहरूसित मनोरञ्जनको अवसर जुर्नेछ । आजका लागि शुभअङ्क ५ र शुभरङ्ग पहेंलो हो भने
कुनै शुभकर्म गर्नु पूर्व वा यात्रामा जानु अघि आज ॐ बृं बृहस्पतये नमः यस मन्त्रको
कम्तीमा १९ पटक जप गरी आरम्भ गर्दा लाभ प्राप्त हुनेछ ।
मीन (दि, दु, थ, झ, ञ, दे, दो, च, चि) –
आजको दिन पारिवारिक समस्या हल गर्ने दिन हो । जीवनसाथी वा बालबच्चासँग
कुराकानी गरी व्यवहारिक जानकारी लिनु असल हुनेछ । आज आफूमुनिका नातेदार वा बालबच्चासित
राम्रो व्यवहार गर्नुहोला । अभिभावक वा इष्टमित्रको शुभकामना प्राप्त गर्न सकेमा शुभफल
प्राप्त हुनेछ । आजका लागि शुभअङ्क २ र शुभरङ्ग सेतो वा घिउरङ्ग हो भने कुनै शुभकर्म
गर्नु पूर्व वा यात्रामा जानु अघि आज ॐ नमः शिवाय यस मन्त्रको कम्तीमा २१ पटक जप गरी
आरम्भ गर्दा लाभ प्राप्त हुनेछ ।
Comments[ 0 ]
Post a Comment