आजको
राशिफल
वि.सं. २०७१ माघ ०१ गते
बिहीबार तदनुसार ई. सं. २०१५ जनवरी १५ तारिख,आजको
राशिफल
वि.सं. २०७१ माघ ०१ गते
बिहीबार तदनुसार ई. सं. २०१५ जनवरी १५ तारिख, माघ कृष्ण दशमी, विशाखा नक्षत्र, तुला
राशिको
चन्द्रमा, शूल योग, वणिज करण
आजको व्रत/पर्व : माघे
सङ्क्रान्ति, उत्तरायण प्रारम्भ, माघी पर्व, बराहक्षेत्र, शङ्खमूल आदि तीर्थस्थलहरुमा
मकर स्नान, नेवारी पर्व घ्योचाकु सल्हु,
आजको मूहुर्त : अग्निवास(होमादि)
मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) –
आज बेलुकासम्म
दाम्पत्य जीवनमा सकारात्मक सम्बन्ध रहने देखिन्छ । त्यसपछि व्यवसायिक गतिविधिमा संलग्न
हुनु पर्ने हुन्छ, त्यसैले महत्वपूर्ण घरायसी काम साँझ पर्नुअघि नै सिध्याउनु होला
। बेलुका पारिवारिक जीवनमा असमझदारी बढ्नाले अनावश्यक विवादको सम्भावना छ । आजका लागि
शुभअङ्क ७ र शुभरङ्ग कालो हो भने कुनै शुभकर्म गर्नु पूर्व वा यात्रामा जानु अघि आज
ॐ शं शनैश्चराय नमः यस मन्त्रको कम्तीमा २३ पटक जप गरी आरम्भ गर्दा लाभ प्राप्त हुनेछ
।
बृष (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो) –
मानसम्मान
र प्रतिष्ठाको प्राप्ति हुनसक्छ । आजको विनियोजन र लगानीले उत्तरोत्तर फाइदा हुनेछ
। घरायसी सुखसुविधा बढाउने कुनै महँगो वस्तुको किनमेल गर्न मन लालायित हुनेछ । यात्रा
लाभप्रद बन्न सक्छ, तर धेरै टाढा जानु पर्दैन । आर्थिक समस्या निराकरण गर्ने उपाय पत्ता
लाग्नेछ । आजका लागि शुभअङ्क २ र शुभरङ्ग सेतो वा घिउरङ्ग हो भने कुनै शुभकर्म गर्नु
पूर्व वा यात्रामा जानु अघि आज ॐ नमः शिवाय यस मन्त्रको कम्तीमा २१ पटक जप गरी आरम्भ
गर्दा लाभ प्राप्त हुनेछ ।
मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, ह) –
भाइबहिनी
वा सन्ततिका तर्फबाट दुःखित बन्नु पर्ने छ । मायाप्रेम, प्रणयप्रसंग र रतिरागका लागि
आजको दिन प्रतिकूल देखिन्छ । विपरीतलिङ्गीको विश्वास गर्नु राम्रो हुँदैन, मन कुँडिने
सम्भावना छ । पारीवारिक सहयोग र सद्भावमा समेत कमी आउने छ । आत्मबलमा कमी हुनेछ । ठूलाबडाले
असहयोग गर्नेछन् । बन्दव्यापार मध्यम रहेको छ । आजका लागि शुभअङ्क ३ र शुभरङ्ग गुलाबी
हो भने कुनै शुभकर्म गर्नु पूर्व वा यात्रामा जानु अघि आज ॐ अं अङ्गारकाय नमः यस मन्त्रको
कम्तीमा १० पटक जप गरी आरम्भ गर्दा लाभ प्राप्त हुनेछ ।
कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो) –
घरपरिवारमा
स्वास्थ्यसम्बन्ध समस्या देखिनसक्छन् । पैतृक सम्पत्तिका बारेमा कुनै विवाद छ भने त्यसले
ठूलो रुप लिन सक्छ । छर–छिमेकमा भने केही असमझदारी बढ्ने योग छ । प्रतिस्पर्धाबाट बेफाइदा
हुनेछ । वैदेशिक क्षेत्रबाट समेत लाभ मिल्ने छैन । दूरदराजमा रहेको स्थानको यात्राको
सम्भावना छ । आजका लागि शुभअङ्क ४ र शुभरङ्ग हरियो हो भने कुनै शुभकर्म गर्नु पूर्व
वा यात्रामा जानु अघि आज ॐ बुं बुधाय नमः यस मन्त्रको कम्तीमा ८ पटक जप गरी आरम्भ गर्दा
लाभ प्राप्त हुनेछ ।
सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे) –
व्यवसायिक
क्षेत्र सफल रहने छ, आम्दानीमा कमी आउने छैन । झैझगडा र विवादमा विजयी बन्नु हुनेछ
तर बोली एवं व्यवहारमा सक्दो नियन्त्रण राख्नुहोला । परोपकार र धार्मिक क्षेत्रमा मन
आकर्षित हुनेछ । पारिवारिक जीवन सामान्य र सन्तोषप्रद रहने छ । सानातिना कुरामा अल्मलिने
समय छैन । आजका लागि शुभअङ्क ७ र शुभरङ्ग नीलो हो भने कुनै शुभकर्म गर्नु पूर्व वा
यात्रामा जानु अघि आज ॐ मृत्युञ्जयाय नमः यस मन्त्रको कम्तीमा २३ पटक जप गरी आरम्भ
गर्दा लाभ प्राप्त हुनेछ ।
कन्या (टो, प, पि, पु, ष, ण, ठ, पे, पो) –
आलोचकहरू
बढ्नेछन् । सहयोगीहरूले काममा साथ दिने छैनन् । विगतमा गरिएको मिहिनेतबाट सोचेजस्तो
लाभ नमिल्नाले दिक्क लाग्नेछ । रोकिएका काम सम्पादन हुन गाह्रो छ । पठन–पाठनमा उन्नति
गर्न सकिने छैन । सभा–समारोहमा सहभागी हुनु पर्ने भएकाले काममा बाधा पुग्नेछ । आजका
लागि शुभअङ्क ९ र शुभरङ्ग गाढा रातो हो भने कुनै शुभकर्म गर्नु पूर्व वा यात्रामा जानु
अघि आज ॐ नमश्चण्डिकायै यस मन्त्रको कम्तीमा ९ पटक जप गरी आरम्भ गर्दा लाभ प्राप्त
हुनेछ ।
तुला (र, रि, रु, रे, रो, ता, ति, तु, ते) –
सामाजिक
वा छरछिमेकीका काममा खट्नु पर्नेछ, तर जस र प्रतिष्ठामा हानि पुग्न सक्छ, सतर्क रहनु
होला । आत्म–विश्वासमा कमी हुनेछ । विशिष्ट व्यक्तित्वसित विवादको सम्भावना छ । पारिवारिक
जमघटमा किचलो हुनसक्छ । मन पर्ने वस्त्र, अलङ्कार आदि हराउने सम्भावना समेत छ । आजका
लागि शुभअङ्क ६ र शुभरङ्ग सेतो हो भने कुनै शुभकर्म गर्नु पूर्व वा यात्रामा जानु अघि
आज ॐ सरस्वत्यै नमः यस मन्त्रको कम्तीमा ११ पटक जप गरी आरम्भ गर्दा लाभ प्राप्त हुनेछ
।
बृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु) –
परिस्थिति
प्रतिकूल छ । मनमा दोधारको अवस्था सिर्जना हुनेछ । नकारात्मक र निराशाजनक भावनाले दुखित
भइने छ । चिन्ता, शंका र छट्पटीले मानसिक तनाव हुनसक्छ । अशुभ समाचार सुन्नु पनेृ हुन्छ
। नयाँ कामका निम्ति शरीरमा उत्साह आउने छैन । आर्थिक तनावलाई झेल्नुपर्छ । आजका लागि
शुभअङ्क २ र शुभरङ्ग सेतो हो भने कुनै शुभकर्म गर्नु पूर्व वा यात्रामा जानु अघि आज
ॐ सों सोमाय नमः यस मन्त्रको कम्तीमा ११ पटक जप गरी आरम्भ गर्दा लाभ प्राप्त हुनेछ
।
धनु (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे) –
अनावश्यक
र नचाहेको क्षेत्रमा खर्च बढ्ने सम्भावना छ । इष्टमित्रहरूले सघाउ पुर्याउन सक्दैनन्
। दूरदराज वा लामो दूरीको दिक्क लाग्दो यात्राको योग छ । विश्वासको वातावरण प्राप्त
हुँदैन, मुखलाई नियन्त्रणमा राख्नुहोला । घरायसी वातावरणमा केही धमिलोपन आउने छ । संघर्षपूर्ण
समय छ । आजका लागि शुभअङ्क ५ र शुभरङ्ग पहेंलो हो भने कुनै शुभकर्म गर्नु पूर्व वा
यात्रामा जानु अघि आज ॐ बृं बृहस्पतये नमः यस मन्त्रको कम्तीमा १९ पटक जप गरी आरम्भ
गर्दा लाभ प्राप्त हुनेछ ।
मकर (भो, ज, जि, खि, खु, खे, खो, गा, गि) –
मातापिता
र अभिभावकवर्गको स्वास्थ्यमा समेत सुधार आउने छ । नोकरी गर्नेहरूले हाकिमबाट महत्वपूर्ण
कुरा फुत्काउन सक्छन, तर सुरु गर्नुअघि ठूलाबडाको सल्लाहा लिनु बेस होला । आफ्नो क्षेत्रमा
प्रभुत्व जमाउन सकिनेछ । सन्तानपक्षबाट राम्रै सरसहयोग प्राप्त हुनेछ । आजका लागि शुभअङ्क
५ र शुभरङ्ग बैजनी वा पहेंलो हो भने कुनै शुभकर्म गर्नु पूर्व वा यात्रामा जानु अघि
आज ॐ नमो भगवते वासुदेवाय यस मन्त्रको कम्तीमा ९ पटक जप गरी आरम्भ गर्दा लाभ प्राप्त
हुनेछ ।
कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, द) –
प्रतिकूल
परिस्थितिले छाडेको छैन । शत्रुले तपाईंको प्रतिष्ठामा आघात पुर्याउने प्रयास गर्दैछन्
। चाहना र मनोकाङ्क्षा पूरा गर्न सकिने छैन । समाजका प्रतिष्ठित व्यक्तिले तपाईको काममा
बेवास्ता गर्नेछन् । आफन्तबाट भन्दा अन्यबाट आवश्यक सहयोग मिल्नेछ । सानातिना कामको
झमेला आउनसक्छ । आजका लागि शुभअङ्क ४ र शुभरङ्ग पहेंलो वा गुलाबी हो भने कुनै शुभकर्म
गर्नु पूर्व वा यात्रामा जानु अघि आज ॐ महालक्ष्म्यै नमः यस मन्त्रको कम्तीमा ९ पटक
जप गरी आरम्भ गर्दा लाभ प्राप्त हुनेछ ।
मीन (दि, दु, थ, झ, ञ, दे, दो, च, चि) –
तपाईंको
कडा परिश्रम व्यर्थै खेर जान सक्छ । हाकिम, मातापिता वा विशिष्ट व्यक्तिसँग वादविवाद
पर्न सक्छ । बोलीमा संयमता अपनाउनु होला, आफूले भनेको कुराले विपरीत अर्थ प्रदान गर्न
सक्छ । नजिकैको मित्र वा नातेदारले अपमानित तुल्याउन सक्छ । सामाजिक र परोपकारका मार्गमा
अवरोध हुनेछ । आजका लागि शुभअङ्क १ र शुभरङ्ग कलेजी हो भने कुनै शुभकर्म गर्नु पूर्व
वा यात्रामा जानु अघि आज ॐ घृणि सूर्याय नमः यस मन्त्रको कम्तीमा ७ पटक जप गरी आरम्भ
गर्दा लाभ प्राप्त हुनेछ ।
Comments[ 0 ]
Post a Comment