शिशुको हत्या गरेको आरोपमा प्रहरीले बागलुङ खुंखानी–५ की यामकुमारी विकलाई पक्राउ गरेको छ ।
परपुरुषसंगको सम्बन्धबाट जन्मेको एक साता नपुग्दै शिशुको हत्या गरेको आरोपमा उनलाई आइतबार पन को क्रिएको हो ।
विकका पति निरबहादुर विक वैदेशिक रोजगारीका लागि साउदी अरबमा रहेको अवस्थामा उनले परपुरुषसँग अनैतिक शारिरिक सम्बन्ध राखेको कारण शिशु जन्मिएको स्वीकार गरेकी छिन् ।
जिल्ला प्रहरी कार्यालय बागलुङका प्रहरी नायब निरीक्षक शैलेन्द्र खड्काले शिशुको हत्या गरेर जंगलमा गाडेको शव फेला परेपछि उनलाई पक्राउ गरेको बताएका छन् ।
विकले खुंखानी–६का जितबहादुर विकसँगको शारीरिक सम्बन्धका कारण बच्चा जन्मिएको बताएकी छिन् ।
नागरिक दैनिकमा समाचार छ । -
पूरा भिडियो हेर्नका लागि तलको विज्ञापनमा थिच्नुहोला ।
Send to your friends or hit like button ==>
Comments[ 0 ]
Post a Comment