लण्डन, महिला यौन हर्मोन्न एस्ट्रोजन्स महिलाहरूमा एलर्जी प्रतिक्रियाहरूलाइ बढाएर त्यसलाइ ज्यान जाने स्तर सम्म लैजानमा महत्वपूर्ण भूमिका खेल्दछ ।
.jpg)
हालै गरिएको एक अध्ययनबाट यस कुराको खुलासा भएको हो ।
अमेरिकाको नेशनल इन्स्टीट्यूट अफ एलर्जी एण्ड इनफेक्शियस डिजीजेजको एक अध्ययनलाइ उद्धृत गर्दै टेलीग्राफले एक रिपोर्टमा भनेको छ कि, एलर्जी प्रतिक्रियाहरू प्रति महिलाहरू धेरै संवेदनशील हुन्छन, किनभने महिला यौन हर्मोन्स यस स्थितिलाइ अझै बढाउँदछ । यसै प्रकारको एक स्थिति एनफाइलेक्सिस हो, जुन एलर्जी प्रतिक्रिया हो र खाद्य पदार्थ, औषधी वा किराहरूले टोक्दा हुने गर्दछ । अनुसन्धानका क्रममा पोथी मुसामा एनाफाइलेक्टिक प्रतिक्रियाहरू निकै खतरनाक ढंगले भएको थियो ।
बास्तबमा, एस्ट्रोजनले रक्त नलिहरूलाइ प्रभावित गर्दछ, जसले उक्त इन्जाइमको स्तर तथा सक्रियतालाइ बढाउँदछ, जुन एनाफाइलेक्सिसका केही लक्षणहरूको कारण हुने गर्दछ । अनुसन्धानकर्ताहरूका अनुसार, जब पोथी मुसालाइ एस्ट्रोजन ब्लकिङ ट्रिटमेन्ट दिइन्छ, त्यसपछि त्यसको एलर्जी प्रतिक्रियाहरू निकै कम हुने गर्दछ ।
यो अध्ययन पत्रिका ‘द जर्नल अफ एलर्जी एण्ड क्लीनिकल इम्यूनोलोजी’ मा प्रकाशित गरिएको छ ।
Send to your friends or hit like button ==>
Comments[ 0 ]
Post a Comment