जेन्सी/आफूले सोचेभन्दा पनि बढि सफलता, प्रसिद्वि, सम्मान, सानदार बंगला, फेरि–फेरि गाडी, धन, रोजीछाडी प्रेमी । यति हुँदा पनि कोही कहिल्यै निराश, हतास, चिन्तित र डिप्रेस्ड होला ? पत्याउनुहुनछ ? आफूले सोचेका सबै कुरा पूरा हाँसिल भए पनि बलिउडकी हालकी नम्बर एक हिरोइनमा पर्ने दीपिका पादुकोण भने केही समयअघि डिप्रेसनमा पुगेकी थिइन् ।

उनलाई बिउँझिनेबित्तिकै रिस उठ्थ्यो । काममा मनै लाग्दैन्थयो । कुनै कुरामा पनि उनलाई रुचि हुँदैनथ्यो रे । सधैं बिरक्तिएर बस्थिन् उनी । ह्याप्पी न्यु इअर फिल्मको सुटिङताका उनको हालत यस्तो थियो ।
दीपिका स्वयंले चर्चित समाचार पत्र हिन्दूस्तान टाइम्ससँगको अन्तर्वार्तामा भनेकी छिन्, ‘म डिप्रेसनमा पुगेकी थिएँ । आफूले कल्पना गरेभन्दा राम्रो जिन्दगी जिउँदा पनि मलाई के हुन्थ्यो, हुन्थ्यो, केही कुरामा खुसी हुन सक्दिन थिएँ । जसकारण मलाई आफ्नो जिन्दगी भारी लाग्ने गरेको थियो । केही कुरामा खुसी हुन सक्दिन थिएँ । जसकारण मलाई आफ्नो जिन्दगी भारी लाग्ने गरेको थियो ।’
बाहिर जो भए पनि मान्छेको दिमाग र मनमा के कुरा घुम्छ भन्ने पत्तो नहुने बताउँदै उनि भन्छिन्, ‘ममा आएको परिवर्तनप्रति मेरो परिवार पनि चकित परेको थियो । पछि, मैले साइक्लोजिस्टसँग सल्लाह लिएँ ।’ साइक्लोजिस्टसँग सल्लाह र उपचारपछि आफू पुरानो अवस्थामा फर्किएको दीपिका बताउँछिन् ।
‘त्यसपछि म बिस्तारै पुरानै अवस्थामा फर्किएँ । मलाई जिन्दगी निबै सुन्दर र प्यारो लाग्छ । म निकै खुसी छु,’ दीपिका भन्छिन्, ‘भौतिक सुुखसुविधाले मात्र मन खुसी नहुन सक्छ । त्यसैले यदि कसैलाई यस्तो समस्या छ भने तुरुन्तै साइक्लोजिस्टको सललाह लिनुस् ।’ उनी अचेल चिन्ता र निराशाविरुद्व लड्न मान्छेहरुलाई प्रेरित गर्ने अभियानमा छिन् । आजको नयाँ पत्रिका दैनिकमा खबर छापिएको छ ।
www.ratopti
Send to your friends or hit like button ==>
Comments[ 0 ]
Post a Comment