
मोडल गाबी ग्रेको मेलबर्नको सेन्ट्रल बिजनेस (सीबीडी)मा पूर्ण रुपमा नाङ्गो भएर घुमिन् । उनले यहाँ पूरै नाङ्गो भएर घुमफिर गरेको भिडियो भाइरल भइसकेको छ ।
मोडल गाबी ग्रेको मेलबर्नको सेन्ट्रल बिजनेस (सीबीडी)मा पूर्ण रुपमा नाङ्गो भएर घुमिन् । उनले यहाँ पूरै नाङ्गो भएर घुमफिर गरेको भिडियो भाइरल भइसकेको छ । तर, अब गाबीमाथि संकट आउने भएको छ, पुलिसलेउनीसँग सोधपुछ गर्ने तयारी गरेको छ। भिक्टोरिया प्रहरी प्रवक्ताले शनिबार डेली मेल अस्ट्रेलियालाई बताएअनुसार उनीहरुलाई गाबीको उक्त हर्कतका बारेमा जानकारी छ । उनले भने–हामी छानविन गरिरहेका छौ, उनीमाथि जानाजान अश्लील व्यवहार गरेको आरोपमा कारबाही हुनेछ। २५ वर्षीया गाबी ग्रेकोलाई मेलबर्नको सडकमा नाङ्गो भएर घुमिरहेका बेला सर्वसाधारण र बालबालिकाले देखेका थिए । उनले शरीरमा केही लगाएकी थिइनन् । उनको टाउकामा भने हरियो रंगको विग थियो र खुट्टामा सैन्डल लगाएकी थिइन्। ग्रेकोको यो हर्कतसम्बन्धी भिडियो युट्युबमा अपलोड भएपछि अस्ट्रेलियन न्युज च्यानलहरुले यसलाई खबर बनाएका थिए । उनले एक न्युज च्यानलसँग भनिन् कि उनको उद्देश्य प्रहरीलाई समस्यामा पार्नु थिएन । स्मरणरहोस् ग्रेको ७१ वर्षीय बिजनेशम्यान ज्योफ्री एडलस्टनकी मंगेतरहुन् ।उनले भनिन्–यो मेरा लागि फेसन हो, कला हो, अन्य मानिसका लागि भलै म नाङ्गै थिएँ, तर मलाई मेरो शरीरदेखि कुनै लज्जा छैन । किनभने ममा आत्मविश्वास छ ।
यी अमेरिकी मोडलले भनिन्–मेरो यो हर्कतले युवा किशोरीलाई आफूमा आत्मविश्वास जगाउन प्रेरित गर्ने छ । यसबाट हुन सक्छ कि मेरा समर्थकहरु आफू स्वयमसँग भनुन् यदि गाबी नाङ्गै भएर सडकमा घुम्न सक्छे भने म एग्जाम पास गर्न सक्दिनँ? एजेन्सी - स्रोत : खबर साथी
-
Send to your friends or hit like button ==>
Comments[ 0 ]
Post a Comment