साझा सवाल - छोराछोरीको नागरिकता आमाको नाममा बनाउदा अहिलेको अवस्था र त्यसले पारेको समस्या के त ?
आमाको नाममा पनि नागरिकता पाउनुपर्ने मुद्दा अघिल्लो संविधानसभादेखि नै विवादित छ । फेरी संविधान लेख्ने माघ ८ को समयसीमा नजिकिदैं जाँदा समेत यो विषय प्राथमिकतामा परेको देखिदैंन । छोराछोरीको नागरिकता बनाउँदा अड्डामा बाबुकै नागरिकता पेश गर्नुपर्ने अहिलेको अवस्था र त्यसले पारेको सकसबारे आज हामी बहस गर्दैछौं । हजार हण्डर खेपेर छोराछोरी हुर्काउने आमाले आफ्नो नाममा नागरिकता दिन नपाउने अहिलेकै व्यवस्था ठीक की परिवर्तन आवश्यक? यो बहसमा हामीसँग संविधानसभाको महिला, बालबालिका, ज्येष्ठ नागरिक तथा समाज कल्याण समितिका सभापति रन्जुकुमारी झा (ठाकुर), नेपाली कांग्रेसका सभासद कमला पन्त र वरिष्ठ अधिवक्ता बालकृष्ण नेउपाने हुनुहुन्छ ।
Send to your friends or hit like button ==>
Comments[ 0 ]
Post a Comment